पोखरा रंगशालमा पैसा तिरौं, अनि ‘मर्निङ वाक’ गरौं

केशब पाठक,
पोखरा, ९ असोज ।
अब पोखरा रंगशाला कसैको पनि रहेन । पहिले ह्वात–ह्वाती छिर्ने जो कोही पनि अब देखि पूर्ण रुपमा बन्देज भएको छ । रंगशालालाई व्यवस्थित बनाउने भन्दै कास्की जिल्ला खेलकुद बिकास समितीले परिचयपत्र लागु गरे पछि अब यो गरिब निरिहहरुका लागि सदाका लागि भित्र प्रवेश गर्न बन्देज भएको हो ।

परिचयपत्र लागु भए पछि भने पोखरा महानगर वडा नं १० कार्यालय भने यसको विपक्षमा देखिएको छ । कास्की जिल्ला खेलकुद बिकास समितीले एकलौटी रुपमा महानगरले असुन्तुष्टी जनाएको हो । मंगलबार कार्ड वितरण गर्न बोलाइएका महानगर प्रमुख मान बहादुर जिशी काम छ भन्दै कार्यक्रममा उपस्थिती जनाएनन । तर कार्यक्रममा वडा नं ३ का अध्यक्ष रविन्सन प्रजु उपस्थित थिए ।

वडा नं १० अन्र्तगत पर्ने राजकुमार गुरुङले पनि आफुहरु संग जिल्ला खेलकुदले समन्वय नगरेको भन्दै असुन्तुष्टी जाहेर गरेका हुन । अध्यक्ष गुरुङले महानगर प्रमुख जिशी संग यस बारे कुरा उठाएपछि जिशी पनि कार्यक्रममा नगएको गुरुङले बताए ।

अध्यक्ष गुरुङले रंगशालमा दशैं मेला किन गरियो र केका लागि प्रवेश पास भन्दै रकम उठाइएको छ त्ससको माइन्युट देखाउनका लागि समेत भने तर उहाँहरुले समन्वय गर्नु भएको छैन उनले भने । “हामी जेयष्ठ नागरिकहरुलाई सम्मान गर्छौ उहाँहरुलाई पनि रंगशाला छिर्दा पैसा माग्नु त भएन नी” उनले भने–“यो सरासर जनतालाई दुःख दिने काम बाहेक केही होइन ।” जिल्ला खेलकुदले दुइ जना सेक्युरेटी गार्डलाई तलब खुवाउन कार्ड बनाएर सर्वसाधारण संग पैसा उठाउने अधिकार नभएको समेत बताए ।

अध्यक्ष गुरुङले अहिले रंगशाला भित्र सडक लगाएत केही कामहरु महानगरपालिकाको सहयोगमा सम्पन्न भएको बताए  । उनले असन्तुष्टी पोख्दै भने नागरिक संग उठाएको पैसा कहाँ खर्च गरियो के–के काम भए सबैले जान्न पाउने अधिकार हुन्छ । उनले भने–“रंगशालामा बिग्रेको बनाउनु प¥यो भने महानगरको मुख ताक्ने अनि महानगरवासी मर्निङवाकमा जाँदा उल्टै रकम उठाउने यो विरोधाभाष हो ।”

कुनै बेला चौतर्फी रुपमा ख्ुला रहेको रंगशाला पोखरेलीहरुले गास काटेर पर्खाल लगाए अनि संरक्षण गरे । २०५९ सालमा नागरिकले भावी सन्ततीका लागि भन्दै लगाएको पर्खाल अहिले धेरै ठाउँमा ढल्ने अवस्थामा छ । तर यस बारे स्वय जिल्ला खेलकुद भने मौन छ ।

अब यिनै पोखरेलीहरुले अब रंगशाला छिर्न शुल्क तिर्नु पर्ने हुन्छ र सर्वसाधारणका लागि वार्षिक ५ सय, खेलकुद संघका पदाधिकारीका लागि १ सय र खेलाडीलाई ५० शुल्क निर्धारण गरिएको छ । मंगलबार करिब ५ सय जनालाई कार्ड वितरण गरिएको छ ।

तर यता जिल्ला खेलकुद बिकास समितीले रंगशालालाई प्रवेश पास मार्फत व्यवस्थित गराउने बताएको छ । अध्यक्ष याम गुरुङले क्यूआरकोर्ड सहितको कार्डले रंगशालामा को आयो गयो भन्ने रेकर्ड राख्न पनि सजिलो हुने बताए ।

कार्यालय प्रमुख प्रकाश बरालले भने ज्येष्ठ नागरिकको हकमा पूर्णरुपमा सम्मान गरिने बताए । उनले भने–“ज्येष्ठ नागरिक रंगशाला छिर्नु हामी सबैका लागि उर्जाको विषय हो हामी उहाँहरुलाई कुनै शुल्क तोक्दैनौ, परिचयपत्रका लागि एक कपि नागरिकता दिएमा हामी कार्ड निशुल्क दिन्छौ ।” ज्येष्ठ नागरिकलाई पनि रंगशाला प्रवेश गर्दा आफ्नै घर आंगनमा प्रवेश गरेको अनुभुती दिलाउन पनि पास दिने बताउँदै हाल उठाएको शुल्क कुनै प्रकारको कर नभएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close