ब्रिटिस ओपन करातेमा नेपाललाई रजत

काठमाडौं, ८ असोज ।
ब्रिटिस ओपन इन्टरनेसनल कराते प्रतियोगितामा नेपालले पुरुष टिम कुमुतेमा रजत जितेको छ । ब्रिटिस कराते फेडेरेसनको आयोजनामा युकेको लेचेस्टरमा सेप्टेम्बर २२ देखि २३ तारिखसम्म भएको प्रतियोगितामा नेपालबाट विनोद शाक्य गुभाजु, विप्लवलाल श्रेष्ठ र सोनाम लामाले प्रतिस्पर्धा गरेका थिए ।

टिम प्रशिक्षकको भूमिकामा समेत रहेका विनोदका अनुसार सोनामले ६० केजीमुनि तौलसमूहमा थप १ कांस्य पनि हात पारे । तेश्रो स्थानका लागि भएको प्रतिस्पर्धामा सोनामले स्कटल्यान्डका खेलाडीलाई हराएको प्रशिक्षक विनोदले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close