८औं राष्ट्रिय खेलकुद सर्ने निश्चित, दुइ महिना धकेलियो

केशब पाठक
पोखरा, ८ असौज ।
प्रदेश नं ५ अर्थात मध्यपश्चिममा करिब २० वर्ष पछि आयोजना हुन लागेको आठौं राष्ट्रिय खेलकुद दुइ महिना पछि धकेलिने भएको छ । १३ औं दक्षिण एशियाली खेलकुद (साग) सर्ने तयारी भएपछि आठौं राष्ट्रिय खेलकुद पनि सार्ने तयारी शुरु भएको हो ।

२०७५ मंसिरको २१ देखि २८ गते सम्म हुने आठौं राष्ट्रिय खेलकुद अब २०७५ माघको दोश्रो या तेश्रो साता सार्ने तयारी गरिदैंछ । १३ औं सागका लागि ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता बाट खेलाडी छनौट हुने भएकाले पनि साग खेलकुद सर्ने भए संगै राष्ट्रिय खेलकुद प्रतियोगिता पनि सार्ने तयारी गरिएको हो ।

आठौं राष्ट्रिय खेलकुदमा समावेश ३५ वटा खेलका लागि अहिले प्रदेश नं ५ का विभिन्न जिल्ला विशेष गरि नेपालगंज र दाङ पूर्वाधारहरुको निर्माणको तयारी धमाधम भइरहेको छ । यह प्रतियोगितालाई मध्येनजर गर्दै राष्ट्रिय खेलकुद परिषदले जिल्ला र प्रदेश स्तरिय खेलाडी छनौट पनि भइरहेको छ ।

यसरी पूर्वाधारका कारण लगाएत अन्य कारणले वृहत भनिएका प्रतियोगिताहरु सर्ने भए पछि नेपाली खेलकुदको भविष्य समेत संकटमा पर्ने निश्चित छ । अन्तर्राष्ट्रिय एरिनामा नेपाली खेलकुदको अवस्था नाजुक भए संगै समयमा प्रतियोगिता नहुँदा खेलाडी पलायन र प्रशिक्षणमा शुष्तता पनि देखिने छ ।

१३ औं साग खेलकुदलाई सार्नका लागि यहि असौजको तेश्रो साता निर्णय गरिदैछ भने यो निर्णय संगै ८ औं राष्ट्रिय खेलकुद पनि सर्ने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close