
पोखरा, ७ असौज ।
शितल ज्योती यूवा क्लब द्वारा आयोजित दोश्रो स्व किरण खडका स्मृती सेभेन ए साइड फुटबल प्रतियोगिता आइतबार पनि पहिलो चरणका खेलहरु अम्बर सिंह माबीको खेल मैदानमा जारी रहेको छ ।
आइतबार सम्पन्न खेलहरुमा ढुङे साँघु एफसी, विष्णु पादुका ‘बि’, एलसी ब्रदर्श, नेपाल मुस्लिम, एम–१२ क्लब, र एबिसी बिजयी भएका छन ।
जारी प्रतियोगितामा ढुङे साँघुले र्यापिड गोर्खालाई १–० गोलले पराजित गरेको छ । जितका लागि नविन गुरुङले एक गोल गरेका थिए । त्यसैगरि विष्णु पादुक ‘बि’ ले मालेपाटन बि नाइनलाई ३–० गोल अन्तरले पराजित गरेको छ । विष्णु पादुकाका लागि अनमोल थापाले दुइ र सुजन तामाङले एक गोल गरेका थिए ।
प्रतियोगितामा एलसीले हेम युनाइटेडलाई टाइ ब्रेकरमा ३–१ गोलले पाखा लगायो । एलसीका लागि मोहन गुरुङ र हेम युनाइटेडका लागि १ गोल गरे पछि खेल टाइ ब्रेकरमा पुगेको थियो । यसै गरि नेपाल मुस्लिमले रामघा एफसीलाई ६–१ गोलले पराजित गरेको छ । जितका लागि अजिजउद्धिन मियाँ एक्लैले ५ गोल र मंगल रानाले १ गोल गरेका थिए ।
जारी प्रतियोगितामा एम–१२ ले मर्दी एफसीलाई ५–० गोलले जितेको छ । टिमका लागि सुनिल घोताने र मनिष क्षेत्रीे २–२ गोल र अभिनाष तामाङले एक गोल गरे । आजको खेलमा एबिसी क्लबले भदौरे क्लबलाई १–० ले पाखा लगाएको छ । जितका लागि सुदिप थापाले गोल गरे ।
“समाज निमार्णमा आजका युवा र खेलकुद” भन्ने उद्घोषका साथ १२ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा बिजेतालाई १ लाख ५० हजार, उपविजेतालाई ८० हजार साथमा शिल्ड, मेडल र प्रमाण–पत्र वितरण गरिने छ । प्रतियोगितामा करिब ४८ टिमको सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष सन्तोष गुरुङले बताए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाइ माउण्टेन वाईक प्रदान गरिने छ भने प्रतियोगितामा उत्कृष्ट स्टाईकर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट गोलकर्ता, उत्कृष्ट गोलरक्षकलाई जनही ५/५ हजारको साथमा ट्रफी मेडल प्रदान गरिने छ । त्यसै गरी प्रतियोगितामा उत्कृष्ट प्रशिक्षकलाई ट्रफी र प्रमाणपत्र वितरण गरिने छ । सेमिफाईनलमा पराजित टिमले समेत जनही १०/१० हजार प्रदान गरिने भएको सचिव पुर्ण गुरुङले बताए ।
पोखराको अमरसिंह माबीको खेल मैदानमा संचालन हुने उक्त प्रतियोगिताको मुख्य प्रायोजक माटेपानी–१२ हङकङ परिवार र माटेपानी यूथ एशोसियसन यूके रहेको छ भने सह–प्रायोजक क्लबका आजिबन संरक्षक बि एण्ड बि गु्रपका होम बहादुर बसेल (बिमल) रहेका छन ।
यसै गरि प्रतियोगिताको प्रथम पुरस्कार क्लवका आजिबन संरक्षक महेन्द्र गुरुङ, दोश्रो पुरुस्कारका प्रायोजक किरण खड्काका परिवार तथा विशेष सहयोगी योङ्ग टाइगर गु्रप पोखरा लगाएत रहेका छन । क्लबका पुर्व खेलाडी किरण खड्काको स्मृतिमा उनको परिबारजनबाट ५ लाखको अक्षयकोष स्थापना गरि उनको स्मृतीमा हरेक बर्ष प्रतियोगिता आयोजना गरिन्छ ।