
पोखरा, ७ असौज ।
पुन युनाइटेड क्लब पोखरा द्वारा आयोजित दोश्रो स्वर्गिय ललित, इन्द्र तथा प्रहरी जवान बलभद्र कुंवर बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा पुरुष, महिला र भेट्रान गरि तिन क्याटोगरीका प्रतियोगिताहरु आयोजना गरिएको थियो । जसमा पूरुष तर्फको उपाधी अन्नपूर्ण गाँउपालिका म्याग्दीले जितेको छ । फाइनलमा अन्नपूर्णले आयेजक पुन यूनाइटेडलाई ७२–५६ को स्कोरले पराजित गरेको हो ।
जित संगै अन्नपूर्णले ५० हजार नगद र पून यूनाइटेडले ३० हजार नगद साथमा मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए । पूरुष तर्फ अन्नपूर्णका खुम पून उत्कृष्ट खेलाडी घोषित हुँदै ट्रफी प्राप्त गरे ।
यसै गरि महिला तर्फ मनकामना भूतपूर्व संगठन (मेसा) ले फाइनलमा एनसिसिएस काठमाडौलाई ४६–२६ को स्कोरले पराजित गर्दै नगद १२ हजार र दोश्रो हुने एनसिसिएसले ६ हजार पायो । महिला तर्फ मेसाकी सिमा पुन उत्कृष्ट खेलाडी घोषित भइन ।
भेट्रान तर्फको फाइनल खेलमा अमरसिंह व्यटालिएनले लामाचौरलाई ७०–६१ स्कोरले पराजित गर्दै प्रथम पुरुस्कारको राशी नगद २० हजार र दोश्रो हुने लामाचौरले १० हजार पाएका छन । भेट्रान तर्फ दिपेन गुरुङ उत्कृष्ट खेलाडी भए ।
प्रतियोगितामा पूरुष तर्फ १८ महिला तर्फ ५ टिम सहभागी थिए । बिजेता खेलाडीलाई नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम गुरुङ, कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष ध्वज कुमार गुरुङ, जेपिक्रस अक्षयकोषका सदस्य अशोक गुरुङ र पुन यूनाइटेड क्लबका अध्यक्ष भिम राम्जाली लगाएतले पुरुस्कार वितरण गरेका थिए ।
करिब दुइ वर्ष अघि फेवातालमा दुर्घटनामा परि मृत्यु भएका नदिपुर निवासी द्वय ललित पुन र इन्द्र पुन साथै उनीहरुलाई उद्धार गर्ने क्रममा ज्यान गुमाएका प्रहरी जवान बलभद्र कुंवरको स्मृतीमा क्लबले यो प्रतियोगिता आयोजना गर्दै आएको छ ।