राष्ट्रिय स्तरिय बास्केटबल रेफ्री कोर्स पोखरामा शुरु

पोखरा, ७ असौज ।
कास्की जिल्ला बास्केटबल संघको आयोजनामा तिन दिने राष्ट्रिय स्तरिय रेफ्री क्लिनिक तथा रिफ्रेशर कोर्स आइतबार बाट पोखरामा शुरु भएको छ ।

उक्त रिफ्रेशर कोर्सको शुभारम्भका अबसरमा बोल्दै नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङले खेल बाटनै जिवन जिउने कला सिक्न सकिने महत्वपूर्ण माध्यम भएको बताए । उनले अहिले अन्तर्राष्ट्रिय स्तरमानै यूवालाई प्रोत्सहान र अबसर प्रदान गरिएकोले पनि खेल संगै शिक्षा पनि उत्तिकै महत्वपूर्ण रहने बताए ।

कार्यक्रममा नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम गुरुङले यस प्रशिक्षण कार्यक्रमले यस क्षेत्रका धेरै भन्दा धेरै रेफ्रीहरु उत्पादन गर्न सहयोग मिल्ने बताए । उनले बास्केटबलका खेलका नयाँ नियम सिक्न र जान्न पनि यो प्रशिक्षण उत्तिकै प्रभावकारी हुने धारणा राखे ।

कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष ध्वज कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संघका सदस्यहरु प्रदिप रसाइली र अर्जुन परियारले समेत बोलेका थिए ।

असौज ९ गते सम्म संचालन हुने प्रशिक्षणमा नेपाल बास्केटबल संघका केन्द्रिय सदस्य एवम फिबा रेफ्री राजकुमार मर्हजनले प्रशिक्षण दिनेछन । प्रशिक्षणमा कास्की, स्याङजा र म्याग्दीका गरि ४० जना सहभागी रहेका छन जसमा १० जना महिलाहरुको सहभागिता रहेको छ । उनीहरुलाई रेफ्रि क्लिनिक तथा रिफ्रेशर कोर्स प्रदान गरि राष्ट्रियस्तरको बास्केटबल रेफ्री बनाइने लक्ष्य लिइएकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close