चेस ओलम्पियाडमा सहभागीता जनाउन बुद्धिचाल टोली जर्जिया प्रस्थान

काठमाडौ, ७ असौज ।
जर्जियाको बटुमी शहरमा आइतबारदेखि सुरु हुने ४३औं चेस ओलम्पियाडमा सहभागीता जनाउन नेपाली बुद्धिचाल टोली शनिबार जर्जिया प्रस्थान गरेको छ ।

१७ सदस्यीय नेपाली टोलीमा टोलीमा १२ खेलाडी, एक प्रशिक्षक, र चारजना ब्यवस्थापक रहेका छन् । ओलम्पियाडमा नेपालले सहभागिता जनाउन लागेको यो सातौं पटक हो । नेपालबाट महिला खेलाडीले भने तेस्रो पटक भाग लिंदैछन् ।

सहभागी नेपाली पुरुष खेलाडीमा नेपाल च्याम्पियन मदनकृष्ण कायस्थ, रिजेन्द्र राजभण्डारी, हिमाल लामा, रुपेश जैसवाल, विवेक थिङ छन् । पुरुष टोलीको कप्तानी विदुर प्रसाद गौतमले गर्दैछन् ।

यसैगरी महिलातर्फ महिलातर्फ मोनालिसा खम्बु, सिन्दीरा जोशी, सुजना लोहनी, खुस्बु थापा, शुसिला गुरुङ छन् । महिला टोलीको कप्तानी नारायणदास गमालले गर्नेछन् । नेपाली टोलीको नेतृत्व नेपाल बुद्धिचाल संघका सचिव धरमबहादुर लामाले गरेका छन् ।

असोज १९ गतेसम्म सञ्चालन हुने ओलम्पियाडमा विश्वभरका एक सय ८५ देशका १६ सय ६८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ओलम्पियाडकै क्रममा आयोजना हुने विश्व वुद्धिचाल महासंघको चुनावी महासभामा संघका अध्यक्ष एकालाल श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्दैछन् ।

ओलम्पियाडमा नेपालका हेराकाकी महर्जनले निर्णायकको भूमिका निर्वाह गर्नेछन् । नेपाली टोलीलाई शनिबार नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले विदाई गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close