१२१ औं वृहत सरसफाई आभियान पोखरा रंगशालामा

पोखरा, ६ असौज ।
पोखरा उपत्याका वृहत सरसफाई अभियान अन्र्तगत शनिबार पोखरा रंगशालामा सरसफाई गरिएको छ ।

पोखरा रंगशालामा अभियानको प्रारम्भ गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक दान सिंह बोहोराले गरेका थिए भने नेपाली सेनाकी सहायक सेनानी अनिता भण्डारीले सहभागीहरुलाई प्रतिवद्धतापत्र पढेर सुनाएकी थिइन ।

पोखरा रंगशालमा सम्पन्न अभियानमा माछापुच्छ्रे महिला क्लब, अभियान महिला समुह, ड्यामसाइड टोल बिकास संस्था, मितेरी नारी समुह, पश्चिम क्षेत्रिय र जिल्ला खेलकुदका पदाधिकारीहरु, कर्मचारीहरु, विभिन्न खेल संग आवद्ध संघ–संस्थाका सदस्यहरु, खेलाडीहरु लगाएत सामाजिक अभियान्ताहरु जुटेका थिए ।

अभियानमा नेपाली सेना, शसस्त्रप्रहरी, नेपाल प्रहरी, पोखरा महानगरपालिका कर्मचारीहरु समेत जुटेका थिए । पोखरा रंगशालामा भएको वृहत सरसफाईमा जुटेकाहरुलाई कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङले धन्यबाद दिएका थिए ।

अभियान अन्र्तगत १२२ औं सरसफाई अर्को शनिबार पोखरा नयाँबजार भुपू चौतारी देखि पृथ्बीचोक सम्म जनचेतना ¥याली सहित सरसफाई गरिने अभियानका संयोजक राम बहादुर पौडेलले बताए ।

तस्बिरः सुदर्शन रन्जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close