पोखरा उद्योग बणिज्य संघको अद्यिबेशनमा प्याराग्लाइडिङ खेलाडी सम्मानित

पोखरा, ५ असोज ।
पोखराको जेठो संस्था पोखरा उद्योग बाणिज्य संघको ३२ औ महाधिवेशनमा १८ औं एशियाडमा रजत पदक बिजेता खेलाडीलाई सम्मान गरिएको छ ।

नेपालका लागि १८ औं एशियाली खेलकुदमा पदक विहिन हुन बाट जोगाउन प्याराग्लाइडिङ खेलले भूमिका खेलेको भन्दै पोखरा उद्योग बाणिज्य संघले सम्मान गरेको हो ।

३२ औ महाधिवेशनका प्रमुख अतिथी नेपाल सरकार अर्थमन्त्रि यूवराज खतिवडाले रजत पदक बिजेता खेलाडीलाई सम्मान गरेका हुन ।

सम्मान कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्व शंकर पालिखेले खेलाडीलाई माला लगाएर सम्मान गरेका थिए भने प्रमुख अतिथी खतिवडाले सम्मानपत्र प्रदान गरेका थिए ।

सम्मानित हुनेहरुमा टिमका व्यवस्थापक शैलेन्द्र राउत, मुख्य प्रशिक्षक योगश भट्टराई, प्रशिक्षक सानो बाबु सुनुवार, टिम कप्तान बिमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र विशाल थापा र महिला खेलाडी पाइलट त्रिषा श्रेष्ठ बमजन, प्रतिभा भुजेल र सविता तामाङ रहेकाछन ।

सोही कार्यक्रममा नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघलाई पनि सम्मान गरिएको थियो । संघको तर्फबाट सचिब इन्द्र भण्डारीले सम्मान ग्रहण गरेका थिए ।

पोखरा उद्योग बाणिज्य संघको ३२ औं महाघिवेशनले नयाँ कार्यसमितीको निर्वाचित पनि गर्दैछ ।

फोटोः सुदर्शन रन्जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close