
पोखरा, ४ असोज ।
पोखरा वृहद सरसफाइ अभियान अन्र्तगत आगामी शनिवार असौज ६ गते पोखरा रंगशालामा आयोजना गरिने भएको छ ।
सरफाई कार्यक्रमलाई वृहद रुपमा अगाडी वढाउन बिहिबार पोखरा रंगशालामा सम्पन्न एक भेलाले १ सय २१ औं सप्ताह अभियानलाई अझै शसक्त बनाउनका लागि प्रतिवद्धता समेत व्यक्त गरे ।
भेलामा पोखरा महानगरका कार्यकारी अधिकृत शेषनारायण पौडेल पोखरा लाई ग्रिन एण्ड क्लिन सिटी बनाउन महानगर संधै प्रतिवद्ध भएको जनाए । वृहद सरसफाई अभियानले सबैलाई चेतना जगाउन सफल भएको बताउँदै पोखरा रंगशालाको सफाईमा पनि महानगरबासीको साथ र सहयोगको अपेक्षा समेत गरे ।
कार्यक्रममा सरसफाई अभियानका अभियान्ता राम बहादुर पौडेलले खेलकुद सबैका लागि महत्वपूर्ण रहेकले रंगशलाको सफाई अभियान खेलप्रतिको भावना जगाउन पनि उत्तिकै सहयोगी हुने बताए । उनले शनिवार अयोजना हुने अभियानमा साथ दिन आग्रह गरे ।
पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न खेलकुद संध संस्थाका अध्यक्ष तथा प्रतिनिधी लगाएत अन्य अभियानमा संलग्न संघ संस्थाका प्रतिनिधी समेत सहभागी रहेका थिए ।