“असौजको तेश्रो साता १३ औं सागको नयाँ मिती घोषणा गर्दैछौं”–मन्त्रि विश्वकर्मा

केशब पाठक 
पोखरा, ३ असौज ।
यूवा तथा खेलकूद मन्त्रि जगत बहादुर विश्वकर्माले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) नेपालमा तोकिएको समयमा नहुने संकेत गर्दै यहि असौजको तश्रो साता नयाँ मिती घोषणा गरिने बताएका छन । यस अघि साग खेलकुदका लागि २०१९ मार्च ९–१८ (२०७५ फागुन २५ देखि चैत ४ गते) का लागि काठमाडौ र पोखरामा आयोजनाका लागि तोकिएको थियो ।

पोखरा स्र्पोट्स डटकम संगको विशेष कुराकानीमा मन्त्रि विश्वकर्माले १३ औं साग यस अघि तोकिएको मिती मार्चमानै नभए पनि सन २०१९ भित्र हुने गरि नयाँ मिती तोकिने संकेत गरेका हुन । उनले यसका लागि आवश्यक प्रक्रियाहरु शुरु भइरहेको समेत बताए ।

मन्त्रि विश्वकर्माले १३ औं साग नेपालमानै आयोजना हुने बारे विश्वस्त पार्दै भने–“हामीले साग खेलका लागि प्रारम्भिक चरणका सम्पूर्ण काम सकेका छौं र यसका लागि तयारी बैठक असौजको तेश्रो हप्तामा गर्दैछौ र यहि बैठकले नयाँ मिति तोक्नेछ ।” मन्त्रि विश्वकर्माले विश्वस्त पार्दै थपे–“सागको आयोजनाको विषय राज्यको प्रतिष्ठा संग गाँसिएकोले पनि यसलाई भव्यता सहित पूर्णता दिन गम्भिर ढङ्गले अगाडी बढेका हौं ।”

१३ औं दक्षिण एशियाली खेलकुदका लागि भौतिक पूर्वाधारका कामहरु तिव्र गतिमा भइरहेको बताउँदै मन्त्रि विश्वकर्माले ८ औं राष्ट्रिय खेलकुदको तयारी पनि १३ औं सागको खेलकुदका लागि रणनितिक हिसावका साथ आयोजना समेत गरिने बताए ।

१३ औं सागका लागि २०७३ सालमा प्रधानमन्त्रिको संयोजकत्वमा गठित समन्वय तथा व्यवस्थापन समितीलाई समय सापेक्ष अनुसार पूर्णता दिएको मन्त्रि विश्वकर्माले बताए । उनले यसमा राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधीसभा र राष्ट्रियसभाका प्रमुख प्रतिपक्ष दलका नेता, योजना आयोगका उपाध्यक्ष, प्रदेश ३ र गण्डकी प्रदेशका मुख्य मन्त्रि, उर्जा मन्त्रिलाई सदस्यका रुपमा थपिएको बताए ।

यसै गरि यूवा तथा खेलकुद मन्त्रिको संयोजकत्वमा गठित तयारी व्यवस्थापन समितीमा उर्जा सचिब, काठमाडौ, भक्तपुर, ललितपुर र पोखरा महानगरका मेयर, योजना आयोगका खेलकुद हेर्ने सदस्य, खेलकुद महाशाखाको सहसचिब, उर्जा मन्त्रालयका सचिब र नेपाल पत्रकार महासंघका अध्यक्षलाई सदस्यमा मनोनित गरेको जानकारी दिए ।

मन्त्रि विश्वकर्माले उद्घाटन गरे मेला
कास्की जिल्ला खेलकुद बिकास समितीले पोखरा रंगशालामा आयोजना गरेको व्यापारिक मेला तथा खेलकुद महोत्सव नामाकरण गरिएको कार्यक्रमको उद्घाटन लगाएत एन्फा टेक्निकल सेन्टरका लागि उपयुक्त ठाँउ हेर्न बुधबार पोखरा आएका हुन ।

पोखरा रंगशालामा आयोजित कार्यक्रममा मन्त्रि विश्वकर्माले खेलकुदलेनै राष्ट्रको गौरव र समृद्धी अगाडी बढाउने भएकोले खेलक्षेत्रको बिकास नभए सम्म मुलुकमा आर्थिक समृद्धी हासिल हुन नसक्ने बताए । उनले खेलकुदका लागि आवश्यक विशेष गरि शाहसिक खेलकुदका पूर्वाधार निर्माणले नै पर्यटन क्षेत्रको बिकास पनि सम्भव हुने बताए ।

पोखरालाई खेलकुद शहरको रुपमा अगाडी बढाउन मन्त्रालयमा अन्तिम चरणका कामहरु भइरहेको जानकारी दिंदै मन्त्रि विश्वकर्माले पोखरा रंगशालाको फुटबल प्यारापिटको पनि छिट्टै काम थालिने बताए ।

कार्यक्रम कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close