
पोखरा, ३ असोज ।
केभसिटी मिडिया प्रा.लिद्धारा आयोजित “प्रथम केभसिटी मिडिया कप भलिबल प्रतियोगीता २०७५” को तयारी थालिएको छ । सोमबार पोखरामा पत्रकार सम्मेलन गरि असोजको १२ र १३ गते हुने उक्त प्रतियोगीता बारे जानकारी दिईएको हो ।
नेपालमा पहिलो पटक मिडियाकर्मीहरुका बिचमा हुन लागेको उक्त प्रतियोगीता स्वास्थ्य र सद्भावका खातिर आयोजना गरिएको आयोजक संस्थाका प्रबन्ध निर्देशक भीम थापाले जानकारी दिए । उनका अनुसार प्रतियोगीताले खस्कदो भलिबलको स्तरउन्नती र मिडियाकर्मीका बिचमा थप आत्मियताको विकास गर्नेछ ।
प्रतियोगीताको विजेतालाई नगद रु.३३ हजार ३ सय ३३ साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रा.लिका अध्यक्ष दुर्गा प्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार उपविजेतालाई नगद रु.२२ हजार २ सय २२ साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
करिब २० टिमको सहभागीता रहने अनुमान गरिएको प्रतियोगीताको वेष्ट प्लेयरलाई नगद रु.३ हजार ३ सय ३३, वेष्ट स्काईकर, वेष्ट लिफ्टर, वेष्ठ सर्भरर वेष्ट क्विकरलाई नगद रु. १ हजार १ सय ११ तथा अनुसासित टिमलाई नगद रु.२ हजार २ सय २२ प्रदान गरिने छ ।
सहभागी टिमहरुलाई प्रोत्साहन तथा सम्मान स्वरुप प्रमाण पत्र प्रदान गरिने छ । राष्ट्रिय माविको खेलमैदान पुरानो टुडिखेलमा हुने उक्त प्रतियोगीता सम्पन्न गर्न करिब २ लाख रुपैया र्खच लाग्ने अनुमान गरिएको थापाले बताए । प्रतियोगीतामा सहभागीताका लागी रु.१ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ ।
प्रतियोगीता पोखरा महानगरपालिका तथा अमेरीमा बस्दै आएका कृष्ण सुनारको विषेस सहयोग, पोखरा महानगरपालिका वाड नं. १६÷१९ को सहयोग, जिल्ला भलिवल संघ कास्की, भलिबल ट्रेनिङ सेन्टर कास्की र राष्ट्रिय माविको प्राविधिक सहयोगमा सम्पन्न गरिने छ ।
यसअघि असोज १२ गते बिहान स्थानिय तहका जनप्रतिनिधि र कर्मचारीहरुबिच संचारकर्मीहरुको मैत्रीपुर्ण खेल समेत समावेश गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै वडा नं. १६ का वडा अध्यक्ष जिवन प्रसाद आचार्यले प्रतियोगीताले पोखराको खेल पर्यटनको प्रवद्र्धन र विकासमा योगदान प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।