पोखरामा असोज ६ देखि किरण खड्का स्मृति सेभेन ए साईड हुँदै

पोखरा २, असोज
पोखरा महानगरपालिका, १२ मा रहेको शितल ज्योति युवा क्लबले यही असोज ६ गते बाट किरण खड्का स्मृति सेभेन ए साईड फुटवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

“समाज निमार्णमा आजका युवा र खेलकुद” भन्ने उद्घोषका साथ १२ गतेसम्म संचालन हुने उक्त प्रतियोगिताको तयारी तिब्र पारिएको क्लबले जनाएको छ ।

प्रतियोगितामा बिजेतालाई एक लाख ५० हजार, उपविजेतालाई ८० हजार साथमा शिल्ड, मेडल र प्रमाण–पत्र वितरण गरिने भएको क्लवका अध्यक्ष सन्तोष गुरुङले बताएका छन । प्रतियोगितामा करिब ४० टिमको सहभागिता हुने भएको अध्यक्ष गुरुङले बताए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाइ माउण्टेन बाइक प्रदान गरिने छ भने प्रतियोगितामा उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट गोलकर्ता, उत्कृष्ट गोलरक्षकलाई जनही ५/५ हजारको साथमा ट्रफी मेडल प्रदान गरिने भएको छ ।

त्यसै गरी प्रतियोगितामा उत्कृष्ट प्रशिक्षकलाई ट्रफी र प्रमाणपत्र वितरण गरिने छ । सेमिफाईनलमा पराजित टिमले समेत जनही १०/१० हजार प्रदान गरिने भएको सचिव पुर्ण गुरुङले बताए ।

पोखराको अमरसिंह माबीको खेल मैदानमा संचालन हुने उक्त प्रतियोगिताको मुख्य प्रायोजक माटेपानी–१२ हङकङ परिवार, सह–प्रायोजक क्लबका आजिबन संरक्षक बिमल बस्याल, प्रतियोगिताको प्रथम पुरस्कार क्लवका आजिबन संरक्षक महेन्द्र गुरुङ, दोश्रो पुरस्कारका प्रायोजक किरण खड्काका परिवार रहेको प्रतियोगिता संयोजक मिन प्रसाद गुरुङले जानकारी दिए ।

क्लबका पुर्व खेलाडी किरण खड्काको स्मृतिमा उनको परिबारजनबाट ५ लाखको अक्षयकोष स्थापना गरि उनको स्मृतीमा हरेका बर्ष प्रतियोगिता आयोजना गरिन्छ । क्लबले किरणको स्मृतिमा प्रतियोगिता आयोजना गर्नु खेलकुदको बिकासको लागि समेत रहेको स्व.खड्काका माईला बुबा शिव खड्काले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close