महिला उद्यमी अभियान्ता तथा खेल प्रेमी चिनु गुरुङ चुनाबी मैदानमा

पोखरा, २ असौज ।
पोखराकी महिला उद्यमी अभियान्ता तथा खेल प्रेमी चिनु गुरुङ पोखरा उद्योग बाणिज्य संघको चुनाबी मैदानमा होमिएकी छन ।

पोखरा उद्योग बाणिज्य संघको ३२ औं महाधिवेशनमा उपमहासचिव पदमा उम्मेदवारी दिएकी छन । लामो समय देखि पोखरामा सौन्दर्यकर्मीको रुपमा कार्यरत चिनु सामाजिक क्षेत्र र खेलकुदलाई नजिक बाट माया गर्ने उद्यमीका रुपमा परिचित छन ।

यस अघिको कार्यकार्यलमा समेत उद्योग बाणिज्य संघको कार्यकारी पद सम्हालिसकेकी चिनुमा अनुभबको हिसाबमा पनि निखारिएकी छन । उनको कार्यकु्शलताले पोखराको उद्योगी ब्यबसायी तथा सामाजिक क्षेत्रमा उल्लेख्य भूमिका खेल्ने कुरामा कसैको पनि दुइमत छैन ।

सदैब श्रमजिबी बर्गको हकहितका बारेमा खुलेर कुरा गर्ने र महिलाहरुको जिवनस्तर उकास्न तथा शसक्तिकरणमा उल्लेख्य भूमिका खेल्ने चिनुको उम्मेदवारीले सबैमा उत्साह जगाएको छ ।

advt

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close