एशियाड रजत पदक बिजेता युकेश गुरुङ सम्मानित

पोखरा, १ असोज ।
इण्डोनेशियामा हालै सम्पन्न १८ औं एशियाडमा नेपालका लागि रजक पदक विजेता प्याराग्लाइडिङ्ग खेलाडी युकेश गुरुङ आइतवार पोखरा १२ माटेपानीस्थित दुधपोखरी तमु समाजमा सम्मानित भएका छन ।

कास्की जिल्ला मादी गाउपालिका वडा नं. २ ताङतिङ गाँउ भई हाल पोखरा महानगरपालिका लेकसाइड निवासी समाजका सदस्य भुपालसिंह गुरुङ र भगवती गुरुङको १७ वर्षिय छोरा युकेश गुरुङ नेपालको तर्फबाट प्याराग्लाइडिङ खेलको टिममा सहभागी भई सर्वाधिक अंकका साथ नेपाललाई रजक पदक दिलाउन सफल भएको भन्दै सम्मान गरिएको हो ।

रजक पदक विजेता युकेश गुरुङ प्रमुख अतिथि, नामार्जुङका पुर्व प्रधानसमेत रहनु भएका दुधपोखरी तमु समाजका संरक्षक, समाजसेवी देवीजंग गुरुङ, समाजका संरक्षक मेजर बालासिंह गुरुङ, समाजका पुर्व अध्यक्ष तथा सल्लाहकार हर्कधोज गुरुङ, पुर्व अध्यक्ष तथा सल्लाहकार सुवेदार मेजर श्रीप्रसाद गुरुङ, सल्लाहकार सुवेदार मेजर हेमप्रसाद गुरुङ,सल्लाहकार दानश्री गुरुङ र कार्यवाहक अध्यक्ष सुमे जसबहादुर गुरुङले सम्मानपत्र, दोसल्ला, नगद, फुल माला, खादासहित अबिर लगाएर सम्मान गरिएको हो ।

यसैविच कार्यक्रममा एशियाडमा नेपाललाई खाली हात हुनबाट जोगाउँदै रजत पदक प्राप्त गरेको प्याराग्लाइडिङ खेलका सदस्य युकेश गुरुङलाई ताङतिङको पण्डित टोल नौचु पैगीलामा चेलीबेटीहरुलाई नगदसहित, ताङतिङ क्रबाथर नौचु पैगी लामाका आमा समुहबाट नगदसहित र दुधपोखरी तमु समाजका सदस्य एवं कार्यक्रमका सहभागीहरुले फूल, माला, खादासहित दुधपोखरी तमु समाज, ताङतिङ गाँउ मात्रै नभएर पोखरका साथै नेपालको गौरब बढाएको भन्दै बधाईका साथ सम्मान गरेका थिए ।

बधाई तथा सम्मान ग्रहण पश्चात युकेश गुरुङले भने–“तपाईहरुकै माया, साथ सहयोग र आर्शिवादले देशका लागि पदक जित्न सकें ।” उनले यसका लागि अत्यन्तै गौरब अनुभूति भईरहेको बताउँदै बधाई कार्यक्रम आयोजना गरेकोमा दुधपोखरी तमु समाजलाई आभार व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close