‘पोखरामा रोइङ खेलका लागि प्रचुर सम्भावना छ’ केन लि, फिसा डेभलप्मेन्ट कन्सलट्यान्ट

पोखरा, ३१ भदौ ।
पोखरामा रोइङ खेलका लागि प्रचुर सम्भाबना रहेको फिसा डेभलप्मेन्ट कन्सलट्यान्ट केन लीले बताएका छन । रोइङ खेलका सम्भाबना रहेका ठाउँहरुको खोजी गर्दै त्यहाँ रोइङ खेलको प्रवद्र्धन गर्न एशियन रोइङ खेलको महासंघले फिसा गठन गरेको हो ।

ओलोम्पिक खेलमा समेत रहेको रोइङ खेल प्रवद्र्धन गर्न फिसा डेभलप्मेन्ट कन्सलट्यान्ट केन ली यति बेला पोखरा आएका छन । उनले पोखराको बेगनास र फेवातालमा यस खेलको प्रचुर सम्भावना रहेको पोखरा महानगर पालिकाका प्रमुख मान बहादुर जिशी संगको कुराकानीमा बताएका हुन ।

पोखरा आफैमा सुन्दरताले भरिपूर्ण ठाउँ रहेको र जहिले पनि रोइङ खेलाडीले प्रशिक्षणका लागि हिमाली भेग र हाइ अल्टिच्युड् भएका ठाँउ र तालहरु मन पराउने पनि हुनाले पनि पोखरामा यो खेलको प्रवद्र्धन गर्न र अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण केन्द्र समेत बनाउन सजिलो हुने उनले बताए ।

यहाँ आउने पर्यटक रोइङ खेलको मजा लिदैं ट्रेकिङ गर्ने प्याराग्लाइडिङ समेत गर्ने हुनाले आर्थिक समृद्धीका लागि पनि रोइङ खेल पोखराका लागि महत्वपूर्ण रहेको केन लीले बताएका थिए । उनले यसका लागि आवश्यक सम्पूर्ण सहयोग गर्न तयार रहेको बताउँदै फेवाताल र बेगनासमा यसका लागि प्रशिक्षण केन्द्र बनाउन र अन्य प्रतियोगितात्मक कार्यक्रमहरु समेत आयोजना गर्न उनले प्रमुख जिशीलाई आग्रह समेत गरे ।

प्रमुख जिशीले पोखरा महानगर खेलक्ुद बिकासमा प्रतिवद्ध भएको बताउँदै महानगरले नितीगत रुपमा नै खेलकुद बिकासका लागि आफ्ना कामहरु अगाडी बढाएको बताए । उनले रोइङ खेलका लागि आवश्यक पर्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको बताउँदै बेगनास तालमा यो खेलको बिकास गर्न आफू तत्पर रहेको समेत उल्लेख गरे । उनले भने–“रोइङ खेलका लागि उपयूक्त थलो बेगनास हुन सक्छ जहाँ भविष्यमा आवश्यक पर्ने अरु काम हरु पनि अगाडी बढाउन सजिलो समेत हुनेछ ।”

रोइङ एशियाली महासंघका प्रतिनिधी यो समेत गरि दोश्रो पटक पोखरा आएका हुन । उनीहरुले पोखरामा यो खेलको बिकास गर्न चाहेको र यसका लागि आवश्यक उपकरणहरु समेत ल्याउन खोजको नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङले बताए । “तर उनीहरुले मात्रै चाहेर त भएन हामी पनि लाग्नु पर्छ, सन २०२० मा नेपालमा २० लाख पर्यटक भित्राउने लक्ष्य राज्यको हो भने यस्ता खेलका आयोजना, पवद्र्धन र बिकास पनि आवश्यक छ जसले धेरै पर्यटक आर्कषित गर्छ” गुरुङले भने ।

यति बेला फेवा र बेगनासको पानी त्यसै खेर गइरहेको छ न त यस बाट राज्यले प्रत्यक्ष फाइदा लिएको छ । जलमा खेलिने खेल बाट वार्षिक हजारौ पर्यटक भित्रन सक्ने र खेल पर्यटनले मुलुकको अर्थतन्त्रलाई पनि सहयोग पुग्ने गुरुङको भनाई थियो ।

के हो रोइङ खेल ?
रोइङ खेल पानीमा डुङ्गा बाट खेलिने एक टिम गेम हो । यो खेलमा २, ४ र ८ जना गरि टिममा सहभागी हुन्छन । अन्तर्राष्टिय रोइङ महासंघ अन्र्तगत ६ महादेशका १५० भन्दा बढी देशमा यो खेल खेलिन्छ । नेपालमा पनि यो खेलको संघ छ । ओलोम्पिक खेलको यो सबैभन्दा पुरानो खेलको हो । यो खेल शाहसिक खेल मात्रै नभई बौद्धिक क्षमता पनि आवश्यक पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close