
पोखरा, ३१ भदौ ।
सुनास खोजी पत्रकारीता पुरस्कार पत्रकार नेपाल खेलकुद पत्रकार मंच गण्डकीका सचिब अर्जुन गिरीलाई प्रदान गरिने भएको छ । भष्टाचार विरुद्ध क्रियाशील सुनास कास्कीले यस बर्षको पुरस्कार पत्रकार गिरीलाई दिने भएको हो ।
पोखरामा विगत १० बर्ष देखि पत्रकारीता गर्दै आएका गिरी हाल ताण्डव न्यूज साप्ताहिक र ताण्डव न्यूज डटकममा सम्पादक समेत रहेका छन् ।
विशेषगरि खोजमुलक समाचार लेख्ने पत्रकार गिरीलाई सुनासका पूर्व अध्यक्ष पुण्य पौडेलको संयोजकत्वमा गठित छनौट समितिले पुरस्कारको लागि सिफरिस गरेको हो ।
छनोट समितिको सदस्यहरुमा पत्रकार महासंघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ र कोपिला नेपालकी विना सिलवाल रहेका थिए ।
भ्रष्टचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस ९ डिसेम्बरमा उक्त पुरस्कारद्वारा सम्मान गरिने संयोजक पौडेलले जानकारी दिए ।