
पोखरा, ३० भदौ ।
बंगालादेश फुटबल संघले सन २०१६ मा आयोजना गरेको अन्तर्राष्ट्रिय स्तरको बंग बन्धु फुटबल प्रतियोगितामा नेपाली फुटबल टिमले जितेको ५० हजार अमेरीकी डलर मध्ये २५ हजार डलर यतिबेला हराए पछि नयाँ रडाको मच्चिएको छ ।
गणेश थापा अध्यक्ष रहैकै समयमा सम्पन्न भएको प्रतियोगितामा नेपाली खेलाडीलाई २५ हजार डलर मात्रै आएको भन्दै वितरण समेत गरिएको थियो । तर अहिले कर्मा छिरिङ नेतृत्वको टिम एन्फामा आए पछि आयोजक राष्ट्र बंगालादेशले नेपालले जितेको रकम नदिए सम्म प्रतियोगितामा सहभागी नहुने बताउँदै आएको छ ।
नेपालले आफ्नो अडान नछोडे पछि बंगालादेश फुटबल संघका अध्यक्ष काजी सलाउद्धिनले उक्त बाँकी रहेको २५ हजार नेपाललाई पठाई सकिएको जानकारी संचार माध्यम मार्फत बताएका छन । अध्यक्ष सलाउद्धिनको भनाइ पछि फेरी नयाँ रडाको मच्चिएको हो ।
नेपाललाई पठाएको रकम कस्को खातामा गयो ? कसलाई दिइयो भन्ने प्रश्न उब्जिएको छ ? भ्रष्टाचारकै कारण फिफाको कार्वाही बाट अध्यक्ष पद त्याग्नु परेको छ ।
“कस्को नाममा रकम आयो त्यस्को छानबिन हुन्छ, रकम नआए सम्म हामी प्रतियोगितामा सहभागिता गराउँदैनै“ एन्फा उपाध्यक्ष कृष्ण थापाले भने–“मैलै हाल बंगालादेशमा जाँदा यस बारे धेरै कुरा पत्ता लगाएको छु अब छिट्टै धेरै कुरा बाहिर आउँछ ।”