फुटबलको जग बलियो बनाउन सुरु भयो ग्रास रुटको कार्यक्रम

पोखरा, ३० भदौ ।
फुटबलको विश्वको छाता संस्था अन्तर्राष्ट्रिय फुटबल महासंघको कार्यक्रम बमोजिम शनिबार कास्कीमा ग्रास रुट लेभल प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

पोखरा रंगशालामा आयोजित उक्त कार्यक्रमको शुभारम्भ गर्दै पोखरा महानगरका प्रमुख मान बहादुर जिशीले अब फुटबलको जग बलियो बनाउन मन्टेश्वरी शिक्षामा जस्तै फुटबलको पनि एकेडेमी संचालन गर्न आवश्यक रहेको औंल्याए । उनले फुटबल संगै सबै खेलकुद बिकासका लागि महानगर सहकार्य गरेर अगाडी बढ्न तयार रहेको समेत बताए ।

महानगर प्रमुख जिशीले नेपाली राष्ट्रिय टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठ र कास्कीका ग्रास रुट लेभलका कार्यक्रमका संयोजक इश्वर चन्द्र गुरुङलाई बल हस्तान्तरण गरि कार्यक्रम शुभारम्भ गरेका थिए ।

ग्रास रुट लेभलमा सहभागी गराउन बिभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक लगाएत खेलप्रेमीहरुको सहभागिता रहेको थियो । कार्यक्रम एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा एन्फाका मानार्थ उपाध्यक्ष शिक्षित पराजुली र कास्कीका महासचिब रमेश कार्कीले लगाएतले बोलेका थिए ।

कास्की जिल्ला लगाएत देशका अन्य ४५ जिल्लामा समेत केन्द्रिय एन्फाले एकैपटक ग्रास रुट लेभल प्रशिक्षण कार्यक्रम सुरु गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close