सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट नेपाल पुरस्कृत

पोखरा, ३० भदौ
सहारा खेलकुद पत्रकारिता पुरुस्कारबाट यस बर्ष पोखरामा डेढ दशक देखि पोखरामा पत्रकारिता गर्दै आएका बिजय नेपाल पुरस्कृत भएका छन । सहारा क्लब पोखरा द्वारा स्थापित उक्त पुरस्कार क्लवको शनिबार सम्पन्न २० औं वार्षिकोत्सवको अवसरमा पत्रकार नेपाललाई अपर्ण गरिएको हो ।

कार्यक्रममा पोखरा महानगरपालिकाका उप–प्रमुख मन्जु देवि गुरुङ, क्लवका पुर्व अध्यक्ष विक्रम थकाली, प्रतिभा छनौट समितिका संयोजक नारायण कार्की, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, क्लवका अध्यक्ष केशब बहादुर थापा लगायतले पत्रकार नेपाललाई ताम्रपत्र, दोसल्ला, मायाको चिनोको साथमा फुलमाला तथा अविर लगायर सम्मान गरेका हुन । उक्त पुरस्कारको राशी १५ हजार ५ सय ५५ नगद रहेको छ ।

कार्यक्रममा बोल्दै पत्रकार नेपालले उक्त पुरस्कारले आफु जस्ता खेल पत्रकारको लागि उक्त पुरस्कारले थप हौसला प्रदान गरेको बताउदै यस्तो पुरस्कारको निरन्तरताको कामना गरे ।

सहारा क्लबले २०६३ साल बाट सुरु गरेको उक्त पुरस्कार क्लबको वार्षिकोत्सवका अवसरमा हाल सम्म १२ जना पत्रकार सम्मानित भईसकेको प्रतिभा छनौट समितिका संयोजक कार्कीले बताए । खेलकुद पत्रकारितालाई प्रथामिकता दियर समाचार प्रकाशन/प्रशारणमा योगदान पु¥याउने एक जना खेल पत्रकारलाई क्लवले हरेक बर्ष आफ्नो बार्षिकोत्सवमा सम्मान गर्दै आएको छ । उक्त पुरस्कारबाट यस अघि कुलचन्द्र न्यौपाने, धन बस्नेत, विनोद लामिछाने, राम गुरुङ, प्रेमनारायण न्यौपाने, दीननाथ बराल, प्रदिप पौडेल, एकराज गिरी, सागरराज तिमिल्सिना, कृष्णमणि बराल, एमबी आस्था र सुरज श्रेष्ठ सम्मानित भइसकेका छन ।

नेपाल खेलकुद पत्रकार मंच कास्कीका कोषाध्यक्ष समेत रहेका नेपाल पाल्पा पालुङ मैनादीमा जन्मिएका हुन । पोखरालाई लाई कर्मथलो बनाई २०६० साल बाट सञ्चार दपर्ण पत्रिका बाट पत्रकारिता सुरु गरेका नेपाल हाल राजधानी दैनिकको पोखरा सम्वाददाता र आदर्श समाज दैनिकका सहसम्पादक समेत हुन । उक्त अवसरमा क्लबले उत्कृष्ट सदस्यबाट यस बर्ष कबिता अधिकारीलाई सहारा उत्कृष्ट सदस्यको रुपमा सम्मान गरेको छ । पोखरा महानगरपालिकाका उप–प्रमुख मन्जु देवि गुरुङ, क्लवका संस्थापक अध्यक्ष बसन्त थकाली, लगायले सम्मानपत्रको साथमा दोसल्ला, फुल माला तथा अविर लगायर सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका उप–प्रमुख मन्जु देवि गुरुङले क्लवले खेलकुद र सामाजिक क्षेत्रमा गरेको कार्यको प्रशंसा गर्दै आगामी दिनमा क्लवले आयोजना गर्ने शिक्षा र खेलकुदका कुनै कार्यक्रममा महानगरपालिकाले हातेमालो गरेर जाने वचन दिईन । संस्थापक अध्यक्ष बसन्त थकालीले पोखराको विकृति र विसङगतीको अन्त्य गर्न क्लवले थप टेवा पुराएको दाबी गरे । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यम बहादुर गुरुङले पोखरामा प्यारापिट सहितको फुटवल मैदानको निमार्ण कार्यले हाल अघि बढ्न नसक्दा साग गेम्स नै समयमै नहुने आशंका गरे । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशब पाठकले क्लवले शिक्षा र खेलकुदको क्षेत्रमा उत्कृष्ट कार्य गर्दै अघि बढेको बताए ।

क्लवले आर्थिक बर्ष २०७५/०७६ मा विभिन्न कार्यक्रम गर्ने त केहि कार्यक्रमलाई निरन्तरता दिने भएको क्लवका महासचिव विश्वराज बरालले बताए । क्लवले यस बर्षमा १७ औैं आहा रारा गोल्ड कप गर्ने, सहारा एकेडेमी संचालन एवं मर्मत सम्भार गर्ने, एकेडेमीको भौतिक संरचनालाई निरन्तरता दिने, सहारा एकेडेमीमा प्यारापिट निमार्णमा पहल गर्ने, पोखरा महानगरपालिकाको समन्वयमा एकेडेमीमा शिशु स्याहार केन्द्र संचालन गर्ने, अक्षयकोषमा बृद्धि गर्ने, सामाजिक कार्यक्रम सरसफाई, रक्तदान सहितका अन्य कार्यक्रम गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close