पोखरामा भएको ग्रास रुट कार्यक्रममा उपस्थित गराइएन एन्फा उपाध्यक्ष थापालाई

पोखरा, ३० पोखरा ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले शनिबार पोखरामा गरिएको ग्रास रुट लेभलको शुभारम्भ कार्यक्रम भइरहँदा एन्फा उपाध्यक्ष कृष्ण थापा उपस्थित थिएनन ।

उपाध्यक्ष थापाको अनुपस्थिती कार्यक्रममा खटकीरहेको विषय थियो । धेरैले यहि विषयमा एकले अर्कोलाई सोधीरहेका थिए । किनभने उपाध्यक्ष थापालाई केन्द्रले यस अघि नै कास्कीमा ग्रास रुट लेभल कार्यक्रममा संयोजक तोकेको थियो । तर उपाध्यक्ष थापाको ठाउँमा मानार्थ उपाध्यक्ष शिक्षित पराजुली कार्यक्रममा थिए ।

आफ्नै घर आँगनमा र पोखरेली माटोमा फुटबल खेलेर राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा फुटबल खेल्दै नेपाली टिमको राष्ट्रिय प्रशिक्षक समेत भुमिका निभाएका थापालाई एन्फालाई यतिबेला आफ्नै आँगनमा भएको कार्यक्रममा टेक्न समेत दिइएन ।

एन्फाको यस कार्यप्रती यस क्षेत्रका फुटबल प्रेमीहरु रुष्ट बनेका छन । एन्फा अध्यक्ष थापाले यस बारे खुलेर बोल्न नचाहे पनि आफूप्रति भएको व्यवहारका कारण रोष प्रकट गरेका छन । उनले भने–“यसमा धेरै कुरा मैले थाहा पाइसकेको छु, मलाई पोखरा आउन रोकिएको छ, रोक्ने मान्छेले पनि आफूले गरेको गल्तीप्रती राम्रो संग बुझेका पनि होलान ।”

थापालाई अहिले कास्की बाट हटाएर पाल्पा पठाइएको छ । तर उनले आफू अब त्यसै हात बाँधेर नबस्ने बताउँदै भने–“म फुटबल बिकासका लागि आएको हुँ, म यो कार्यका लागि दृढ छु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close