पोखरा प्रिमिएर लिगको प्रशारणको जिम्मा हिमालय टेलीभिजनलाई

पोखरा, २९ भदौ ।
पोखरामा आगामी कात्र्तिक ९ देखि २० गते सम्म आयोजना हुने यस क्षेत्रकै वृहत क्रिकेट पोखरा प्रिमिएर लिग (पिपिएल)का लागि आयोजक संस्था क्विन्स इभेन्ट म्यानेजमेन्टले यहाँ हुने प्रतियोगिताको सम्पूर्ण प्रशारणको जिम्मा हिमालय टेलिभिजनलाई दिने भएको छ ।

आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्राली र हिमालय टेलिभजिन संग भएको सम्झौता पछि जारी विज्ञप्तीमा हिमालय टेलिभिजनले ‘क्याश एण्ड काइन्ड’ सहित ३ वर्षमा ३ करोड ७० लाख रुपैयाँ बराबर पिपिएललाई उपलब्ध गराउने गरि सम्झौतामा उल्लेख भएको जनाइएको छ ।

सम्झौता अनुसार “पीपीएलको टीभी तथा सम्पूर्ण डिजिटल प्रसारण अधिकार हिमालय टेलिभिजनमा निहीत रहने” विज्ञप्तीमा भनिएको छ । सम्झौता अन्र्तगत हिमालय टेलिभिजनले पिपिएलका सम्पूर्ण खेलहरु र खेलाडी अक्सन कार्यक्रम पनि प्रत्यक्ष प्रशारण गर्ने छ ।

पिपिएलको ब्रोडकास्ट तथा डिजिटल पार्टनर सम्बन्धी सम्झौतामा क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामा र हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले हस्ताक्षर गरेका छन ।

सम्झौता पछि पोखरा स्र्पोट्स संग कुरा गर्दै क्विन्स इभेन्ट्सका निर्देशक लामाले यो सहकार्यले पिपिएललाई नेपाली दर्शक माझ पु¥याउन सहयोगी हुने बताए । “हामी नयाँ सोच र आयामका साथ पोखराको पिपिएल आयोजना गर्दैछौ जुन प्रतियोगिताले पोखरा क्रिकेट खेलको पनि शहर हो भन्ने कुरा सबैमा बोध गराउन चाहन्छौ”–निर्देशक लामाले भने ।

प्रतियोगितामा पोखरा सहित विभिन्न ६ टिमको सहभागिता रहने छ । सम्झौता कार्यक्रममा नेपाली टिमका कप्तान पारस खडकाको पनि उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close