सहारा क्लबको २० औं वार्षिकोत्सवको पूर्व सन्ध्यामा रक्तदान

पोखरा, २९ भदौ ।
फुटबल र सामाजिक क्षेत्रमा कृयाशिल पोखरा बसपार्क स्थित सहारा क्लब पोखराले आफ्नो स्थापनाको २० औं वार्षिकोत्सबका अबसरको पूर्व सन्ध्यामा शुक्रबार वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना मगरको प्रमुख आथ्यितामा भएको थियो । कार्यक्रममा प्रहरी उपरिक्षक रानाले कार्यक्रमका संयोजक एवं कार्यसमिति सदस्य गंगाराज पौडेललाई ब्ल्डब्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रमको शुभारम्भ गरेका थिए ।

सो अवसरमा प्रहरी उपरिक्षक रानाले सहारा क्लब पोखराले गरेको सामाजिक गतिविधिको प्रशंसा गर्दै एकेडेमी मार्फत कठिन परिस्थिती र विपन्न वर्गका बालकहरुलाई खेलकुदका माध्यम द्वारा क्लबले गरेको कार्यप्रति स¥हाना ब्यक्त गरे ।

प्रहरी उपरिक्षक रानाले पृथ्वीचोक वसपार्क वरपर चाडबाडको समयमा चोरी डकैति एवं अन्य विकृति विसंगतिहरु बढ्दै गएको चिन्ता व्यक्त गर्दै उनले सोको न्यूनिकरण र एवं निर्मूल बनाउनको लागि नागरिक समाज एवं संघ संस्थाहरु सँग मिलेर जनचेतनाका कार्यक्रमहरु गर्ने बताए । उनले बसपार्क क्षेत्रमा हुने अपराधिक गतिविधी न्यूनीकरण गर्न सिसिटिभि जडान गर्नको लागि क्लबले पनि सहकार्य गर्नु पर्नेमा जोड दिए ।

सो कार्यक्रममा कार्यक्रम संयोजक गंगाराज पौडेलले स्वागत मन्तव्य राखेका थिए भने क्लबका संस्थापक सल्लाहकार सभापति जयलाल पुन, पुर्व अध्यक्ष विक्रम थकाली, जिफन्ट सदस्य एवं नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका उपाध्यक्ष कर्ण सिं गुरुङ्ग लगाएतले क्लबले सामाजिक र खेलकुदमा गरेको कार्यका लागि खुलेर प्रशंसा गरेका थिए ।

रक्तदान कार्यक्रममा गंगाराज पौडेल, वीरभद्र आचार्य, टंक प्रसाद पौडेल, संदिप सुवेदी, नगेन्द्र बहादुर पुन, रामजी कार्की, सिद्धार्थ थापा, आशिष तामाङ, मनमाया तामाङ, श्रीप्रसाद थकाली, गंगा बहादुर राई, कमल सुनार, मेलिना गुरुङ, कर्ण बहादुर केसी, कर्ण सिं गुरुङ, तिलक अधिकारी, बाल मुुकुन्द रुपाखेती, तारा नेपाली, प्रमिला घले, कमल बहादुर गुरुङ, हिरा बहादुर सार्की, राजु लालचन, ज्योति केसी, रोजिना गुरुङ, श्याम बहादुर गुरुङ, गम्भीर बहादुर परियार, रामहरि न्यौपाने, विष्णु शर्मा, सुनिल पुन, रामजी प्रसाद अधिकारी, अर्जुन गुरुङ, रक्षा के.सी., सुदिप सुवेदी, सुलभ सुवेदी, ज्ञानेन्द्र गुरुङ, सुनिल राना मगर, रेविका श्रेष्ठ र हरि कृष्ण कमाचार्य गरि ३९ जनाले रक्तदान गरेको थिए ।

सहारा क्लब पोखराका अध्यक्ष केशबबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका सचिव रामजी प्रसाद अधिकारीले समेत बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close