
पोखरा, २८ भदौं ।
ढिकुरपोखरीमा भएको तीजमेला अन्र्तगतको खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि मालेपाटन एफसीले उपाधी जितेको छ । आयोजक ढिकुरपोखरी युवा संजाल ‘ए’ सँग बिहीवार भएको फाइनल खेलमा १–० गोल अन्तरले पछि पार्दै मालेपाटन बिजेता बनेको हो ।
मालेपाटनको जीतका लागि खेलको दोस्रो हाफको ५ औं मिनेटमा गोविद थापाले गोल गरेका थिए । यो सँगै आयोजक ‘ए’ समूहले उपबिजेतामा चित्त बुझाउनु प¥यो ।
प्रतियोगिताको बिजेता भएसँगै मालेपाटनले नगद १ लाख ११ हजार १ सय ११ ट्रफी, मेडल र प्रमाणपत्र तथा उपबिजेतामा चित्त बुझाएको संजालको समूहले नगद रु. ५५ हजार पाँच सय ५५ ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाएका छन । मालेपाटनका गोविद थापा म्यान अफदी म्याच घोषित भए ।
उक्त प्रतियोगितामा सशस्त्र प्रहरी बल अनुशासित टिम, मालेपाटन एफसीका विनोद गुरुङ सर्वाधिक गोलकर्ता तथा ढिकुरपोखरी युवा संजाल ‘ए’ का सुनिल विक सर्वोत्कृष्ट खेलाडी बनेका छन ।
समापन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथी गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले ढिकुरपोखरी खेल मैदानको स्तर उन्नतीमा जोड दिदैं एक स्थानीय तह एक खेल मैदानको नितीलाई आत्मसाथ गर्दै खेलमैदान स्तर उन्नती गर्नुपर्नेमा जोड दिए । तीज मौलिक चाड भएको तथा गण्डकी प्रदेश लोक संस्कृतिको हिसाबले अन्य प्रदेश भन्दा अगाडि रहेको उनको ठहर थियो ।
गाउँपालिका अध्यक्ष युवराज कुँवरले संघ, प्रदेश र स्थानीय तह मिलेर खेलमैदानको स्तरउन्नति गरिने प्रतिबद्घता जनाउँदै ढिकुरपोखरी तीजमेलाको ऐतिहासिक महत्व रहेको औँल्याएका थिए । सो अवसरमा नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्रकुमार शेरचन, संजालका सल्लाहकार कुलबहादुर गुरुङ कुलु, वडा नं. ६ का अध्यक्ष चित्रबहादुर गुरुङ, माछापुच्छे« मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनपति भण्डारी लगायतले पनि भनाई राखेका थिए ।
यसैबीच बिहीवार ठेलो हान्ने प्रतियोगितामा भरत सिपार्लीले १६ जनालाई पछि पार्दै प्रथम भएका थिए । त्यस्तै संजाललाई महत्वपूर्ण सहयोग गरेको भन्र्दै वडा नं. १ का सदस्य नवराज श्रेष्ठलाई दोसल्ला र सम्मानपत्रले सम्मान पनि गरिएको थियो ।
मेला संयोजक विकास गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. २ का अध्यक्ष चुडामणि अधिकारीले स्वागत तथा कार्यक्रमको संचालन संजालका महासचिव दिल जिसीले गरेका थिए । यो सँगै यसवर्षका ढिकुरपोखरी तीज मेलाका सम्पूर्ण कार्यक्रमहरु पनि सम्पन्न भएका छन ।