
पोखरा २७ भदौ ।
पोखराको बाटुृलेचौरमा जारी ऐतिहासिक तीज मेला बुधबार सम्पन्न भएको छ । हिमालय क्लवको आयोजनामा ५ दिनसम्म संचालन भएको मेलाको अन्तिम दिन बुधबार भएको अन्तर विद्यालय स्तरीय छात्र/छात्रा ह्याण्डबलको उपाधी छात्रतर्फ सरस्वती आदर्श विद्याश्रम र छात्रा तर्फ पोखरा एकेडेमीले जितेका छन् । सरस्वती आदर्शले माउण्ट अन्नपुर्णलाई ७-६ ले पराजित ग¥यो ।
त्यस्तै छात्रा तर्फ पोखरा एकेडेमीले गण्डकी बोर्डिङ स्कुललाई ४-० ले पराजित ग¥यो । खेलमा सर्वाधिक गोलकर्ता माउण्ट अन्नपुर्णका अजय गुरुङ, गण्डकी बोर्डिङ बविता भण्डारी घोषित भए, वेष्ट प्लेयरमा सरस्वतीका डेनिस छन्त्याल र पोखरा एकेडेमीका योगिता गुरुङ बेष्ट गोलकिपरमा सरस्वतीका निर्मल गुरुङ र पोखरा एकेडेमीका विमला भुजेल घोषित भए । फेयर प्लेको उपाधी गुरुकुल विद्यासदन र लिटिल स्टेपले प्राप्त गरे ।
त्यस्तै प्रथम हिमालय कप पुरुष भलिवलको उपाधी ससस्त्र प्रहरीको टोलीले हात पारेको छ । उसले पोखरा भलिवल ट्रेनिङ्ग सेन्टरलाई वेष्ट अफ फाईभका आधारमा पराजित गर्दै नगद पचास हजार शिल्ड प्रमाणपत्र र पदक प्राप्त ग¥यो । उप विजेता बनेको ट्रेनिङ्ग सेन्टरले नगद तीस हजार पदक प्रमाण पत्र र शिल्ड प्राप्त ग¥यो । भलिवल तर्फ उत्कृष्ट प्लेयर मदन गुरुङ, बेष्ट लिफ्टर नुरन राना, बेष्ट स्पाइकर सञ्जु विक्रम शाह वेष्ट ब्लकर राजु वि.क. घोषित भए ।
त्यस्तै समूहगत तीज गीत तथा नृत्य प्रस्तुती तर्फ १५ टिमले सहभागीता जनाएका थिए । जस मध्ये मैदान आमा समूह, चण्डिका आमा समूह र अम्विका आमा समूह उत्कृष्ट भएका छन् । उत्कृष्ट वाद्यवादनमा संरक्षण आमा समूहका सरिता अधिाकारी घोषित भईन । सहभागिता जनाएका टोलिलाई नगद आठ हजार र उत्कृष्ट तीन समूहलाई थप २/२ हजार प्रदान गरिएको थियो ।
क्लवले आयोजना गरेको अन्तरविद्यालय लोकनृत्य प्रतियोगितामा कुमुदिनी होम्स प्रथम, सरस्वती आदर्श विद्याश्रम द्धितिय र सुर्योदय बोर्डिङ स्कुल र प्रगति सेकेण्डरी स्कुलले तृतिय स्थान हासिल गरेका थिए । प्रतिकुल मौसमका कारण पनि मेला हेर्न आसपासका क्षेत्रबाट दर्शकहरु ओईरिएको र मेला सफल भएको मेला संयोजक गुमादेवी गौतमले बताउनुभयो ।