एपीएफलाई राष्ट्रिय महिला भलिवल प्रतियोगिताको उपाधी

पोखरा २७ भदौ ।
सशस्त्र प्रहरी वलको एपीएफले यस बर्ष पनि राष्ट्रिय महिला भलिवल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा को लामाचौरमा संचालन भएको लामाचौर तिज महोत्सवको अवसरमा आयोजित उक्त प्रतियोगिताको फाईनल खेलमा एपिएफले चिरपरिचित प्रतिद्वन्दी काठमाण्डौंको शिवम न्यू डायमण्डलाई ३–१ को सेटमा पराजित गर्दै यस बर्ष पनि उपाधि रक्षा गरेको हो ।

बर्षादले पटक पटक प्रभावित हुदै बुधबार लामाचौरको ईन्द्रराज्य लक्ष्मि माविको भलिवल कोर्टमा सम्पन्न भएको फाईनल खेलमा एपिएफले २५–२०, १८–२५, २५–१७, र २५–२१ को सेटमा न्यू डायमण्डलाई पराजित गरेको हो । न्यू–डायमण्डले दोश्रो सेटमा जित हासिल गरे पनि अन्य सेटमा उत्कृष्ट प्रर्दशन गर्न नसक्दा अन्ततः यस बर्ष पनि उपविजेतामा सिमित भएको हो ।

खेलको क्रममा ठुलो बर्षात भए पछि खेल पटक–पटक स्थगित भएको थियो । दोश्रो सेटमा न्यू डायमण्डले ६–५ को अग्रता कायम गर्दा करिब ३० मिनेट खेल स्थगित भएको थियो भने दोश्रो सेटको एपिएफले १८–१२ को सेटमा अग्रता कायम गर्दा खेल स्स्थगित हुन पुगेको थियो ।

तेश्रो स्थानको लागि बुधबार भएको खेलमा चितवन टाईगरलाइ र त्रिभुवन आर्मीले ३–० को सोझो सेटमा पराजित गरेको हो । आर्मीले चितवन टाईगरलाइ २५–१८, २५–१८ र २५–१८ को सेटमा पराजित गर्दै पुरस्कार स्वरुप २५ हजार प्राप्त गर्यो ।

भलिवलमा एपिएफकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी घोषित भईन । उनले ५ हजार पुरस्कार प्राप्त गरिन । त्यसै गरी प्रतियोगितामा वेष्टस्पाईकर न्यू डायमण्डकी प्रतिमा माली, उत्कृष्ट व्लकरमा आर्मीकी सुनिता खड्का, उत्कृष्ट सेटरमा एपिएफकी शसि चौधरी, उत्कृष्ट डिफेन्समा न्यू डायमण्डकी सैलेन्द्र श्रेष्ठ, उत्कृष्ट प्रशिक्षकमा एपिएफका ज्ञानेन्द्र विष्ट, उत्कृष्ट सर्भरमा न्यू डायमण्डकी झर्ना श्रेष्ठ, क्विक स्पाईकरमा एपिएफकी हिरा केसी घोषित भईन। विभिन्न विधामा उत्कृष्ट भएकालाई गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

प्रतियोगितामा विजेता टिमले एक लाख उपबिजेताले ६५ हजार सहित ट्रफि मेडल प्रमाणपत्र प्राप्त गरेकाछन। नव आर्दश सामुदायिक विकास समाजको आयोजनामा तीन दिनसम्म संचालन भएको प्रतियोगितामा दुई विभागिय सहित ५ मिटको सहभागिता रहेको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उडड्य मन्त्री रविन्द्र अधिकारीले समापन समारोहमा वोल्दै सन २०२० मा २० लाख पर्यटक भित्राउने सरकारको अभियानमा यस्ता मेला र महोत्सवले थप टेवा पुग्ने विश्वास व्यक्त गरे । समाजले सामाजिक क्षेत्रमा पुराएको योगदानको प्रशंसा गर्दै मन्त्री अधिकारीले समाजद्धारा संचालित एम्वुलेन्स र शववाहन सेवा दिगो रुपमा संचालनको लागि आवश्यक सहयोग गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close