साफ च्याम्पियनसिपः इतिहास रच्न बाट चुक्यो नेपाल

पोखरा, २७ भदौ ।
बंगालादेशमा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपाल इतिहास रच्न बाट चुकेको छ । नेपाल मालदिभ्स संग ३–० गोलले सेमीफाइनलमा पराजित हुँदै अब घर फर्किने भएको छ ।

बुधबार सम्पन्न सेमीफाइनलमा बंगालदेशको खराब मौसममा नेपाल मादिभ्स संग निरिह सावित भयो । लिग खेलमा आयोजक बंगालादेशलाई पराजित गर्दै सोमीफाइनलमा आफ्नो स्थान सुरक्षित राखेको भए पनि नेपालले साफ फाइनल खेल्ने सपना पराजय संगै सकिएको छ ।

लिग चरणमा खासै प्रभाब जमाउन र गोलनै नगरेको र कोइन टस बाट सेमीफाइनल प्रवेश गरेको मालदिभ्सका प्रशिक्षकले नेपाल संगको खेलमा ५ जना खेलाडीलाई परिवर्तन गर्दै मैदान उतारेको थियो । नेपाली डिफेन्सका साना–साना गल्तिहरुको फाइदा उठाउँदै लगातार गोल गरेर मालदिभ्स फाइनल प्रवेश गरेको छ ।

खेलको पहिलो हाफको नवौैं मिनेटमा अब्दुल घानीको फ्रि किकमा गोल खान पुगेको नेपाललले इब्रहिम हशन वाहिदले ८४ र ८७ औं मिनेटमा टिमका लागि दुइ गोल थपे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close