कास्की जिल्ला क्रिकेट संघ द्वारा मुख्यमन्त्रीलाई ज्ञापनपत्र

पोखरा, २७ भदौ ।
कास्की जिल्ला क्रिकेट संघले गण्डकी प्रदेश मुख्य मन्त्री पृथ्बीसुब्बा गुरुङलाई बुधबार कास्की जिल्ला सहित प्रदेशको हालै खेलकुद कार्यदलले बुझाएको प्रतिवेदन अनुसार क्रिकेटको पूर्वाधार कार्यलाई यथासिघ्र अघि बढाउन ज्ञापनपत्र बुझाएको छ ।
विगतमा कास्कीले क्रिकेटका राष्ट्रिय तथा अन्तर्राष्टिय खेलाडी उत्पादन गर्न अहम भूमिका खेलको भन्दै लामो समय देखि पूर्वाधार अभावका कारण खस्किएको क्रिकेटलाई माथी उठाउन आग्रह गरिएको छ ।

ज्ञापनपत्र बुझाउन कास्की जिल्ला अध्यक्ष सञ्जयकान्त सिग्देल, क्यानका केन्द्रिय सदस्य ऋषीराम गौतम, कास्कीका जिल्ला क्रिकेट संघका पूर्व अध्यक्ष देबेन्द्र प्रजु, निवर्तमान उपाध्यक्ष देबी प्रसाद गुरुङ मुख्यमन्त्रि कार्यालय पुगेका थिए ।
ज्ञापनपत्र बुझ्दै मुख्य मन्त्रि गुरुङले प्रदेश सरकार खेल बिकासका लागि प्रतिवद्ध भएको जनाउँदै पूर्वाधार बिकासका लागि प्रदेश सरकारले छिट्ट्रनै काम अगाडी बढाउने आश्वासन दिएका थिए ।

कास्की जिल्ला क्रिकेट संघले मुख्य मन्त्रि गुरुङलाई बुझाएको ज्ञापनपत्रको सम्पूर्ण पाठः

मिती : २०७५।०५।२३
माननिय मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङ्ग ज्यू
गण्डकी प्रदेश
पोखरा ।
विषय : ज्ञापन पत्र ।
पछिल्लो एक दशक नेपाली क्रिकेटले धेरै आरोह अवरोह पार गर्दै अन्तराष्ट्रिय खेल जगतमा सफलता,असफलता, मौका, फेरी सफलता यस्तै उतार चढावको विच एक दिवसिय क्रिकेटमा अन्तराष्ट्रिय मान्यता प्राप्त गर्यो । यस संगै नेपालले टि–२० मा पनि मान्यता प्राप्त गरेको छ ।जसले धेरै प्रकारका सम्भावनाका ढोकाहरु खुलेका छन । वंगलादेशमा २०१३ को टि–२० वल्र्डकपमा नै सहभागी भएर २ बर्षलाई पाएको मान्यताखासै ठुलो लाभ बिना गुमाएका थियौं । २०१८ मा यि सवै कुराहरुकोे पाठ लिदैं दुई वटै प्रारुपमा पाएको सफलताको फाईदा लिई एउटा ऐतिहासिक फड्को मार्नका लागि हामी सबैलाई प्रेरित गरी रहेको छ ।

नेपाली क्रकेटले बिगतमा पाएको सफलतामा हाम्रो व्यबस्थापकिय कमीकमजोरी लगाएतका विभिन्न खाले विवाद बिच हामीले सोचे अनुरुप गतिलिन सकेन । हाल ति सवै बिबादबाट उठ्न सवै सरोकार वालाहरुमा प्रेरणा जागेको छ । सबै खाले विवादहरु अन्त्यका लागि अन्तराष्ट्रिय क्रिकेट परिषद् ICC सकारात्मक हुदैं गर्दा हामीहरुलाई पनि नेपाली क्रिकेटको बिकासका स्वार्थमा अ–आफ्ना हतियारहरु बिसाई यसको उन्नयनमा लाग्न दवाव वढेको छ । यी सवै दवाबहरुलाई आत्मसाथ गर्दै अघि बढ्न हामी एउटा जिल्ला स्तरिय संघको रुपमा आफ्नो प्रयासमा सधै लागेका थियौं र छौं । आफ्नो ठाउँबाट विवादको जरै सम्मपुगेर यसका सवै सरोकारवाला हरुलाई मिल्न सुझाउँदै समेत आईरहेका छौं । अब आशाको किरणहरु देखिन थालेका छन्, मुलधारमा क्रिकेटलाई ल्याउनु पर्छ र त्यस पछि सफर गर्ने बाटाहरु तय गर्न अब रत्तिभर ढिलाई गर्नु हुदैन । ति बाटाहरु तय गर्दा नेपाली क्रिकेटले सामनागर्ने चुनौती चिर्नेे खालका तयारी आबश्यक छ ।

हिजोको राज्य व्यबस्था केन्द्रिकृत रहि रहदाँ मोफसलबाट हाम्रो भूमिका,बिकास निर्माणमा आशागर्नु बाहेक केहि हुदैंनथ्यो । नेतृत्वभन्दा सहजकर्ताको भमिकामा रहन्थ्यौ । त्यसका बाबजुत पनि यसै संस्थाका संस्थापक अध्यक्ष डा. बिरेन्द्र सिंह गुरुङको नेतृत्वमा तत्कालीन नेपाल क्रिकेट संघका महासचिव बिनयराज पाण्डेको पोखरा प्रतिको मायाले एसियन सेन्ट्रल क्रिकेट एकेडेमी नेपालमा बन्ने र त्यसको पहिलो रोजाई पोखरा पर्ने बिषयले एक समय नेपाली मिडियामा राम्रो स्थान ओगेटेको थियो । यद्यपी त्यो सफल नभएपनिउहाँहरुको अगुवाईमा पोखरामा अन्तराष्ट्रिय मैदान निर्माणको सपना हामीले देख्न थाल्यौ जसलाई बल पुग्ने गरि एसियन क्रिकेट परिषद् ACC का पदाधिकारीहरु बाट पोखरा भ्रमण गरि लगानीगर्न सकिने अभिव्यक्तिले हामीलाई हौस्याई राख्यो । त्यहि प्रयास स्वरुप हाल पोखरा रंगशाला स्थित क्रिकेट खेल मैदान उहाँहरुले दिएको सिमित साधन श्रोतमा समय सिमा भन्दा पहिले तयार गरियो । उक्त काम प्रति उहाँहरु आश्वर्यचकित हुदैं त्यस बेला मैदानमा क्यूरेटरका रुपमा काम गर्ने खेलाडी प्रदिप राउतलाई थप प्रशिक्षणका लागि श्रीलंका लैजानु भएको थियो । हामी पोखरेलिहरुको काम प्रति त्यो जज्बा जस्ले उनिहरुले बिकास बजेट बापत दिएको साना रकमबाट झन्डै तिन गुणा स्वस्फुर्त स्थानिय सहभागीतामा रकम जम्मा गरि गरेको कामले प्रवाभित र पोखरालाई अन्तराष्ट्रिय गन्तव्य बनाउन एउटा अर्काे मैदान खोजि गरे त्यसका लागिब्ऋऋ बजेटको समेत व्यबस्था गर्न तयार रहेको बचन दिई गएको आजै झै लाग्छ । नेपाली क्रिकेटको आन्तरिक बिबाद बिचमा एसियन क्रिकेट परिषद ACC अस्थिरताले गर्दा हाम्रा प्रयासहरु अधुरै छन् ।

हाम्रो सरकार हामीले हाम्रै आँगनिमा पाएका छौं । हाम्रो मुख्यमन्त्रिको खेलप्रतिको अभिव्यक्तिले हामीलाई सुन्ने खेल बुझेको व्यक्तिको रुपमाहाम्रो अभिवाबक भेटिएको महसुस गरेका छौं । खेलाडीहरुलाई प्रदेश सरकारले गरेको सम्मान, खेल बिकासका लागि प्रदेशले गरेको शुरुवात र क्रिकेट मैदान बनाउनका लागी निति तथा कार्यक्रममा पारी बजेट समेत बिनियोजन भै खेल मैदान छनौटका लागि गरेका कामहरु प्रति नतमस्तक हुदैं यहि गतिमा मैदान पनि बन्छ भन्ने आशामा फेरि काम गर्ने जाँगरहरु सर्साउन थालेका छन् । मैेदान जग्गा छनौंटका लागि यहाँले नियूक्ति गर्नु भएका बिज्ञहरुलाई हामीले सक्दो सहयोग गरि यहाँको गतिमा साथमा साथ दिने प्रयास गरेका थियौं । बिज्ञहरुले तयार गर्नु भएको प्रतिबेदन यहाँले पाई सक्नु भएको छ । बिभागिय मन्त्रिको सकृयता एवं काम प्रतीको तदारुपता र यहाँको खेल प्रतिको मायाले बिगतमा जस्तो यो प्रतिबेदन दराजमा नथन्की कार्यन्वयनको क्षेत्रमा यसका पानाहरु पल्टिने छन् भन्ने बिश्वास लिएका छौं । यहिबिश्वास बिच देश संघियतामा जानु अघि पोखरामा दुईवटा मैदान(हालप्रदेश सांसद भवनभएको) जग्गामा समेत क्रिकेट खेल सञ्चालन हुनाले हामीले पछिल्लो समय धेरै राष्ट्रिय क्रिकेट प्रतियोगिताहरु आयोजना गरेका थियौं । उक्त मैदानका कारण पोखरा अन्तराष्ट्रिय गन्तब्यको रुपमाहामीले देखेका सपनाफेरी राष्ट्रिय गन्तव्य हुननै प्रश्न चिन्ह खडा भएको बेला यो अभावलाई यहाँले खड्कन दिनु हुन्नभन्ने आशालिएका छौं ।

बिगतमा क्रिकेटका कार्यक्रमहरुमा सहभागीताका हिसावले हेर्दा यो प्रदेशले साच्चै मिहिनेत गर्नु पर्ने देखिन्छ । कास्कीबाहेक अरु जिल्लाका गतिबिधि न्यून छन्,नवलपुर,स्याङजा र तनहुँ नेपालक्रिकेट संघका सदस्य जिल्ला रहेर पनि उनिहरुको उपस्थिति कमजोर छ । छिमेकी जिल्लाको नाताले बागलुङलाई नयाँ सदस्यता दिन नेपाल क्रिकेट संघ संग हामीले पत्राचार समेत गरेका छौं । प्रदेशमा क्रिकेटको हिसावले यस जिल्लाको जगमा उभ्भिएर आफु संगै ति जिल्लाहरुका क्रिकेटलाई माथि ल्याउन आफ्नो अविभाविकिय जिम्वेवारी निभाउनपर्ने बोध भएको छ । यसका लागि यहाँको सहयोग अपरिहार्य छ । हामी तयार छौं यस जिल्लाको क्रिकेटलाई एउटा उचाँइदिन,यहाँको सदभाव र सहयोगले यो जिल्ला रप्रदेशलाई राष्ट्रिय क्रिकेटमा एउटा महत्वपूर्ण स्थानमालान सकिने छ । समय फेरिएको छ, सन्दर्भ उस्तै उस्तै छन् घाउहरु आलै छन् अव यसलाई मल्हम लगाउनहाम्रो सरकार हामीसंग छ यही आशामा हामी उत्साहित छौ, जीवन्त छौ र हौशियका छौ। यो हौशलाकायमगर्न सकेनौ भने आज सम्म हामीले क्रिकेटलाई खर्चेका दिनले हिसाव माग्ने छन्, हाम्रा परिवारले वितेका समय संगै भबिश्य माग्ने छन । ति दिनहरुलाई न्याय गर्न पनि आज हाम्रो जिल्लाको क्रिकेटको भबिश्य हामी संग जोडिएर आउँदा ति कर्तव्यबाट हामी पछि हट्ने छैनौं । बस तपाईहरुको माया र साथको अपेक्षा गरेका छौं ।
बोधार्थ :
१) मन्त्री, सामाजिकविकास मन्त्रालय, गण्डकी प्रदेश, पोखरा ।
२) अध्यक्ष, जिल्ला खेलकुलविकास समिती, कास्की, पोखरा ।
भवदिय,
……………………
संजयकान्त सिग्देल
अध्यक्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close