
पोखरा २६, भदौं
डिफेण्डिङ च्याम्पियन सशस्त्र प्रहरी वलको एपीएफ र गत बर्षको उपविजेता न्यू डायमण्ड एकेडेमी यस बर्ष पनि राष्ट्रिय महिला भलिवल प्रतियोगिताको उपाधिको लागि फाईनलमा भिड्ने भएका छन ।
पोखराको खराबम मौसम, अपेक्षाकृत दर्शकको कमीका त्रिच भएका सेमफिाइनल खेल पनि सोचे जस्तो देखिएन । सबै खेल सोझो सेटमा सकिनु र कुनै पनि टिमका खेलाडीको पर्दशन पनि खस्किए पछि राष्ट्रिय भनिएको प्रतियोगिता नाम मात्रैको भएको हो । न त खेल भने जस्तो नै छ न त टिममा उत्कृष्ट रोजाईका खेलाडी छन ।
सात टिमको सहभागिता रहने भनिएको प्रतियोगितामा समूह ए मा रहेका नेपाल पुलिस र जाउखाखेल भलिवल प्रशिक्षण केन्द्र व्यवस्थापनको कारण देखाउँदै सहभागि भएनन । यसले पनि प्रतियोगितालाई ठूलो मार परेको सोझै देखिन्छ ।
मंगलबार भएको सेमिफाइनल खेलमा एपिएफले विभागिय टोली त्रिभुवन आर्मीलाई र न्यू डायमण्डले चितवन टाईगरलाइ सोझा सेटमा पराजित गर्दै गत बर्षकै ईतिहास दोहो¥याउँदै दुबै टिमले फाइनलमा यात्रा बनाएका हुन ।
पहिलो सेमिफाईनल खेलमा शिवम न्यू डायमण्डले चितवन टाईगरलाई २५–१७, २५–२३ र २५–१८ को सोझो सेटमा पराजित गर्दा दोश्रो सेमिफाइनल खेलमा एपिएफले आर्मीलाई २५–२२, २५–२० र २५–२१ को सोझो सेटमा पन्छाएको हो ।
यस अघि दुई वटा लिग चरणका खेलहरु भएका थिए । न्यू डायमण्डले आर्मीलाई २५–१४, २५–१९ र २५–१९ को सेटमा पन्छाउदा अर्को खेलमा आर्मीले टप्स माविलाई २५–२१, २५–१९ र २५–१० को सोझो सेटमा पराजित गरेको हो । तेश्रो स्थानको लागि बुधबार चितवन टाईगर र आर्मी बिच हुने भएको छ । फाईनल खेल बुधबार हुनेछ । प्रतियोगितामा विजेता टिमले एक लाख उपबिजेताले ६५ हजार सहित ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्नेछन ।