प्याराग्लाइडिङ खेलाडीलाई प्रदेश सरकार द्वारा १ लाख सहित सम्मान

पोखरा, २६ भदौ ।
१८ औं एशियाली खेलकुदमा नेपाललाई एकमात्र पदक रजत दिलाउन सफल नेपाली प्याराग्लाइडिङ टोलीलाई पोखरामा मंगलबार गण्डकी प्रदेश सरकारले नगद सहित सम्मान गरिएको छ ।

सो अवसरमा प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ, सामाजिक विकास मन्त्री नरदेवी पुनले टिमका ५ जना खेलाडीलाई जनही १/१ लाख रुपैयाँ र सम्मानपत्र प्रदान गरेका हुन् । पुरस्कार १ लाख रुपैयाँ प्राप्त गर्ने खेलाडीमा बिमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र विशाल थापा छन् ।

सोही कार्यक्रममा मुख्य प्रशिक्षक योगेश भट्टराई, सहायक प्रशिक्षक सानुबाबु सुनुवार र टिम व्यवस्थापक शैलेन्द्र राउतलाई जनही २५ हजार रुपैयाँसहित सम्मानित भए । कार्यक्रममा सुनुवार भने उपस्थित थिएनन् ।

सोही समारोहमा नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ संघलाई र एशियाली खेलमा सहभागिता जनाएर छैटौं हुन सफल महिला खेलाडीलाई पनि सम्मानपत्र प्रदान गरियो । सम्मानित महिला खेलाडीमा त्रिषा श्रेष्ठ वमजन, प्रतिभा भुजेल र सबिता तामाङ हुन् । कार्यक्रममा प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा)लाई समेत सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा मुख्यमन्त्री गुरुङले राष्ट्रकै गरिमा बढाउन पोखरेली खेलाडीले गरेको योगदानको कदर गर्दै सम्मान गरिएको बताए । उनले प्रदेश सरकार खेलकुद बिकासका लागि प्रतिवद्ध भएको जनाउँदै आगामी १३ औं दक्षिण एशियाली खेलकुद अन्र्तगत पोखरामा हुने भनिएका खेलहरुमा पदक ल्याउने खेलाडीलाई पनि सम्मान गरिने जनाए । उनले सो अबसरमा भने–“हामी अहिलेनै पुरुस्कार राशी घोषणा त गर्दैनौ तर खेलाडीलाई हौसला प्रदान गर्न र उत्साहित बनाउन पक्कै केही गर्ने छौं ।”

सामाजिक विकास मन्त्री नरदेवी पुनले खेलाडीको उत्कृष्ट प्रदर्शनबाट देशकै इज्जत बढेको बताउँदै मन्त्रालयले आगामी दिनमा खेल क्षेत्रमा बढी प्राथमिकता दिने बताइन् । उनले सबैका सुझाबहरु समेटेर अगाडी बढने बताउँदै अब प्रदेशमा एक वर्ष भित्रै खेलकुद पूर्वाधारको डिपिआर तयार भइसक्ने जानकारी दिइन ।

कार्यक्रममा रजत पदक बिजेता प्याराग्लाइडिङ टिमका क्पापटेन बिमल अधिकारीले लामो समयको प्रयास र सबैको सहयोगले देशका लागि पदक जित्न सफल भएको बताए ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालय सचिव कृष्णमुरारी न्यौपानेले मन्त्रालयको कार्ययोजनाबारे जानकारी दिएका थिए । कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका सदस्य तेज गुरुङ, राखेपका पूर्ब बोर्ड सदस्य खड्ग रानाभाट, नेफाका सचित्र इन्द्र भण्डारी लागएतले प्रदेश सरकारले प्याराग्लाइडिङ खेल लगाएत अन्य खेलका पूर्वाधार बिकासका लागि ध्यान दिनु पर्ने कुरा औल्याएका थिए ।

स्मरिणय के छ भने प्रदेश सरकारले प्रदान गरेको पुरुस्कार राशीमा २५ प्रतिशत कर काटिएको छ । तर हालै राखेपले राजधानीमा प्रदान  गरिएको पुरुस्कार राशीमा कुनै कर काटिएको भने थिएन ।  उनीहरुलाई घोषणा गरे बमोजिम जनही ५ लाख प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close