
पोखरा २६, भदौ ।
एन्फा स्याङजा र आयोजक आर्दश क्लव लेखनाथको भण्डारढिकमा जारी रिद्धिसिद्धि सिमेन्ट २४ औं आर्दशकप फुटवल प्रतियोगिताको उपाधिको लागि बुधबार फाईनल खेलमा भिड्ने भएका छन ।
मंगलबार भएको दोश्रो सेमिफाईनल खेलमा काठमाण्डौंको जाउलाखेल युथ क्लवलाई एन्फा स्याङजाले १–० को झिनो गोल अन्तरले पराजित गदै फाईनलमा यात्रा तय गरेको हो । खेलमा म्यान अफ दी म्याच घोषित लक्ष्मण रुचालले गरेको निर्णायक एक गोलले एन्फा स्याङजाले आयोजक आर्दश क्लवसंग फाईनलमा यात्रा तय गरेको हो । भारी बर्षाका कारण सोमबार पुर्व घोषित दोश्रो सेमिफाईनल खेल स्थगित भएको थियो ।
फाइनल खेल भने बुधबार एक बजे पछि हुने भएको क्लवका सचिव पदम गुरुङले बताए । आईतबार भएको पहिलो सेमिफाइल खेलमा आयोजक आर्दशक्लवले विभागिय टोली सशस्त्र प्रहरी वलको एपिएफ माथि ४–० को गोल अन्तरले पराजित गर्दै फाईनलमा यात्रा गरेको थियो ।
आर्दशका प्रशिक्षक विश्वाश गुरुङले फाईनल खेल दुबै टिमको लागि बराबरी जस्तै भएको बताए । उनले आफुहरुसंग ए डिभिजनका अजित भण्डारी, भिसन गुरुङ, विमल राना लगायतका अनुभवी खेलाडीहरु भएकोले घरेलु मैदानमा दर्शकको समेत साथ समर्थन पाउने विश्वास लिएका छन ।
स्याङजाका म्यानेजर सुन्दर श्रेष्ठले आफुहरुसंग विदेशी सहितका अनुभवी खेलाडीहरु भएकोले जित आफ्नै हुने दाबी गरे । भोलिको फाइनल खेल पनि उतिकै उत्कृष्ट प्रर्दशन गर्ने म्यानेजर श्रेष्ठले बताए । थ्रि स्टार र मनाङबाट खेल्ने मार्टीन, पिटर र भिक्टोर जस्ता अनुभवी विदेशी सहितका ए डिभिजनका खेलाडीहरुले सुसज्जित स्याङजाले उपाधि जित्ने दाउमा हुदा पहिलो पटक फाईनलमा पुगेको आदर्शले पनि उपाधि जित्ने रणनितीमा रहेको छ ।
२२ औं संस्करण्बाट सूरु भएको राष्ट्रिय स्तरको उक्त फुटवल प्रतियोगितामा आयोजक आर्दश क्लव पहिलो पटक फाइनलमा प्रबेश गरेको क्लवका अध्यक्ष लक्ष्मि प्रसाद भण्डारीले बताए ।
प्रतियोगितामा विजेताले तीन लाख नगद पुरस्कार पाउने भएको छ भने उपविजेताले नगद दुईलाख रुपैयाँ सहित ट्रफी मेडल प्रमाण पत्र प्राप्त गर्ने भएको छ । उत्कृष्ट खेलाडीले नगद २५ हजार प्रदान गरिने छ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलरक्षकले नगद १० हजार रुपैया पाउनेछन् ।