दोस्रो अलि मियाँ स्मृति सेभेन ए साइड प्रतियोगिता हुने

पोखरा, २५ भदौ ।
लोककवि अलि मियाँको सम्झनामा पोखरामा दोस्रो अलि मियाँ स्मृति सेभेन ए साइड प्रतियोगिता आयोजना गरिने भएको छ । नेपाल मुस्लिम युवा समितीले प्रतियोगिता गर्न लागेको हो । प्रतियोगितामा करिब ४५ टिम सहभागी हुने अनुमान गरिएको छ ।

पोखरा महानगरपालिका वडा नं १३ संगमटोल माछापोखरी स्थित खेल मैदानमा असोज १४ गते देखि शुरु हुने प्रतियोगिता २० गतेसम्म चल्नेछ ।

यस वर्ष पनि प्रतियोगिता आयोजना गर्ने भएका छौं, नेपाल मुस्लिम युवा समितिका अध्यक्ष अफजल हसेन मियाँले भने – ‘प्रतियोगिता सफल बनाउन सवैबाट सहयोगको अपेक्षा गरेका छौं ।’ प्रतियोगिताको बिजेताले एक लाख २५ हजार र उपबिजेताले ७० हजार नगद तथा शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।

त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले तीन हजार, उत्कृष्ट डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर र गोलकिपरले जनही दुई हजार पाँच सय रुपैयाँको साथमा ट्रफी पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न ६ लाख ३० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगिताबाट बचत भएको रकम एकल महिला र बालबालिकाका क्षेत्रमा खर्च गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close