
पोखरा २५, भदौ ।
पोखराको लामाचौरमा जारी तीज महोत्सवमा आज देखि राष्ट्रिय महिला भलिवल प्रतियोगिता सुरु भएको छ । सोमबार भएको उद्घाटन खेलमा गत बर्षको उपविजेता काठमाण्डौंको न्यू डायमण्ड एकेडेमीले विजयी सुरुवात गरेको छ ।
आज सम्पन्न दुई खेल बाटनै यो खेल कस्ले जित्छ भन्ने अनुमान दर्शकले लगाइ सकेका छन । दुइ महत्वपूर्ण टिमले नाम फिर्ता लिए पछि खेल सोचे जस्तो नहुने दर्शकले अनुमान गरिसकेका हुन ।
सहभागी पाँच टिममा पहिलो र दोश्रो हुने करिब–करिब थाहा भइसको छ भने दर्शकले पनि खेल सोचे जस्तो नहुने ठानेका हुन । सेमीफाइनलमा न्यू डायमण्ड र विभागिय टोली त्रिभुवन आर्मी भिड्ने छन । यि दुइ मध्ये एक फाइनलमा प्रवेश गर्ने र शसस्त्र प्रहरी संग फाइनलमा सामना गर्ने पक्का जस्तै छ । यसै कारण पनि २७ गते हुने फाइनलमा नतिजा पनि गत वर्षको जस्तै हुने लगभग तय भएको छ । नेपाल पुलिस र जाउलाखेल टिमले आयोजकको व्यवस्थापन सोचे जस्तो नहुने भए पछि नाम फिर्ता लिएको बताइन्छ ।
निरशपुर्ण खेलमा न्यू डायमण्डले पोखराको टप्स माविलाइ २५–२२, २५–१७ र २५–१९ को सोझो सेटमा पन्छाउँदै विजयी सुरुवात गरेको हो ।
लिग चरणकै दोश्रो खेलमा डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी वलको ए.पि.एफ.ले चितवन टाईगरलाई २५–२१, २५–१८ र २५–१४ को सोझो सेटमा पराजित गरेको हो । बर्षाका कारण लिग चरणको तेश्रो खेल स्थगित भएको छ । न्यू डायमण्ड र विभागिय टोली त्रिभुवन आर्मी क्लव बिचको खेल जारी रहदा ठूलो बर्षाका कारण खेल स्थागित भएको हो ।
यही भदौं २७ गतेसम्म संचालन हुने उक्त प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवि पुनले गरिन । कार्यक्रममा बोल्दै उनले यस्ता मेला र महोत्सवमा विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुनुले महिलाहरुको प्रतिभा प्रष्फुटन हुने बताईन ।
त्यसै गरी अन्तर मावि छात्रा भलिवल प्रतियोगिताको उपाधिको टप्स माविले जितेको छ । सोमबार भएको फाइृनल खेलमा टप्सले करुणानिधि फाउण्डेसन (केफ) लाई सोझो सेटमा पराजित गर्दैै उपाधि जितेको हो । विजेताले २५ हजार र उपविजेताले १५ हजार पुरस्कार प्राप्त गरे ।