सहारा पत्रकारिता पुरुस्कार बिजय नेपाललाई

पोखरा, २५ भदौ ।
सहारा क्लब पोखरा द्वारा स्थापित सहारा पत्रकारिता पुरुस्कार यस वर्ष पोखराको खेलकुद क्षेत्रमा सक्रिय पत्रकार बिजय नेपाललाई अपर्ण गरिने भएको छ ।

सहारा क्लबले २०६३ साल बाट सुरु गरेको यो पुरुस्कार क्लबको वार्षिकोत्सवका अवसरमा यहि भदौ ३० गते एक समारोहका बिच नेपाललाई अपर्ण गरिने क्लबका अध्यक्ष केशब थापाले जानकारी गराएका छन ।

नेपाललाई १५ हजार ५ सय ५५ नगद सहित ताम्रपत्र र दोसल्लाले सम्मान गरिने कलबका अध्यक्ष थापाले बताए । सहारा क्लबले खेलकुद पत्रकारिता विटमा कलम चलाउने पत्रकारलाई पुरुस्कार प्रदान गरि प्रोत्साहन गर्न सुरु गरिएको यो पुरुस्कार नेपालमानै सम्भवत पहिलो हो ।

नेपाल खेलकुद पत्रकार मंच कास्कीका कोषाध्यक्ष समेत रहेका नेपाल पाल्पा पालुङ मैनादीमा जन्मिएका हुन । पोखरालाई लाई कर्मथलो बनाई २०६० साल बाट सञ्चार दपर्ण पत्रिका बाट पत्रकारिता सुरु गरेका नेपाल हाल राजधानी दैनिकको पोखरा सम्वाददाता र आदर्श समाज दैनिकका सहसम्पादक समेत हुन । नेपालले यस अघि पोखरा हटलाइन, रेडियो बाराही, राइजिङ पोखरा, रासस, समाधानमा काम गरिसकेका छन् भने अंग्रेजीमा स्नातकोत्तर हासिल गरेका छन् ।

उनी यसअघि विन्ध्यवासिनी कला पत्रकारिता पुरस्कार, रोट्रयाक्ट पोखरा पत्रकारिता पुरस्कार, द लुक्स पत्रकारिता सम्मान, बाघमारा उत्कृष्ट पत्रकार सम्मान प्राप्त गर्नुका साथै एक दर्जन बढी संघसंस्थाबाट सम्मानित भैसकेका छन् ।

यो पुरुस्कार बाट सम्मानित हुने पत्रकार मध्ये नेपाल १३ औं हुन । यस भन्दा अघि १२ जना लाई पुरस्किृत भइसकेका छन । पुरस्किृत हुनेमा क्रमशः कुल चन्द्र न्यौपाने, धन बस्नेत, बिनोद लामिछाने, प्रेमनारायण न्यौपाने, राम गुरुङ, दिननाथ बराल, प्रदिप पौडेल, एकराज गिरी, सागरराज तिमिल्सिना, कृष्णमणी बराल, एमबी आस्था र सुरज श्रेष्ठ रहेका छन ।

क्लबले आफ्ना सदस्य हरुबाट समेत सम्मान गर्ने अनुसार यस वर्ष कबिता अधिकारीलाई सहारा उत्कृष्ट सदस्यको रुपमा सम्मान गर्ने भएको छ । आफ्ना सदस्यहरुलाई प्रोत्साहन दिन क्लबले वार्षिकोत्सवमा अधिकारीलाई सम्मान गर्ने भएको अध्यक्ष थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close