
पोखरा, २५ भदौ ।
नेपाली महिलाहरुको महानपर्व तिजको अबसरमा महिलाहरु दौड प्रतियोगितामा सहभागी भएका छन । तिजको बेलामा अक्सर महिलाहरु नाच्ने गाउने देखि लिएर खानपिनमानै रमाउने गरे पनि पोखरा ५ मालेपाटनमा भने सोमबारका दिन दौड र रस्साकस्सीमा सहभागी भए ।
पोखरा मालेपाटन स्थित सूर्य चन्द्र यूवा क्लबले महिलाहरुलाई खेलकुदका माध्यम द्वारा मनोरंजन दिन र शसक्तिकरण गर्न दौड लगाएत विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु गरिएको क्लबका अध्यक्ष गायत्री भुुत्र्यालले बताइन । “हामीले पृथक कार्यक्रमको आयोजना गरेका छौं पक्कै पनि यस्ता कार्यक्रमले महिलाहरुमा खेल प्रति चासो बढनेछ” अध्यक्ष भुत्र्यालले भनिन ।
कोही खाली खुट्टा, कोही चप्पल त कोही कम्मरमा शल बाँधेर महिलाहरु प्रतियोगिताम्क दौडमा सहभागी भए । उनीहरु मैदानमा दौड्दा एक प्रकारको उत्साह देखिन्थ्यो । घरको कामलाई एकातिर पन्छाएर दौडमा सहभागी भएका महिलाहरुलाई ताली बजाएर अरु महिलाहरुले उत्साहित बनाइरहेका थिए ।
मालेपाटनमा यहाँको स्थानिय महिलाले तिज पर्वलाई मनाउँदै आएको लामो इतिहास रहेको पोखरा वडा नं ५ का अध्यक्ष धन बहादुर नेपालीले बताए । “तिजमा यहाँ छुट्टै रौनकनै आउँछ, मालेपाटनमा आयोजना हुने तिज गित होस या अन्य खेलकुदका कार्यक्रममा सबै क्षेत्रका र यहाँका स्थानिय महिलाहरुको उत्तिकै सक्रिय सहभागिता रहन्छ” अध्यक्ष नेपालीले भने ।
महिला दौड प्रतियोगितामा विशेष गरि दुइ प्रकारका दौड खुल्ला र अर्को अन्तर वडा राखिएको क्लबका निवर्तमान अध्यक्ष बसन्त भण्डारीले बताए । भण्डारी अनुसार खुल्ला दौडमा अनिशा भण्डारी प्रथम, बिनिता सेञ्चुरी द्वितिय र सृष्टी शर्मा तृतिय भइन । उनिहरुले क्रमश नगद ५, ३ र २ हजार प्राप्त गरे ।
यसै गरि वडा स्तरिय दौडमा शान्ता बराल प्रथम, शर्मिला नेपाली द्वितिय र विष्णु बिक तृतिय भइन । उनीहरुले क्रमश नगद ३, २ र १ हजार प्राप्त गरे भने रस्साकस्सी तर्फ नमुना आदर्श समुह प्रथम, शिवालय आमा समुह द्वितिय र प्रस्र्याङ रातामाटा महिला समुह क्रमश प्रथम, द्वितिय र तृतिय हुँदै नगद ५, ३ र २ हजार पाए ।
बिजयी टिम तथा खेलाडीलाई वडा अध्यक्ष नेपालीले पुरुस्कार वितरण गरेका थिए । तिजको अवसरमा क्लबले भदौ २७ गते मालेमाटन खेल मैदानमा तिज गित प्रतियोगिता गर्ने भएको छ । उक्त प्रतियोगितामा १८ वटा समुहहरु सहभागिता रहेको र सोको उद्घाटन राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले गर्ने कार्यक्रम रहेको क्लबका निवर्तमान अध्यक्ष भण्डारीले बताए ।