पोखराको रिठेपानीमा ब्याटमिन्टन प्रतियोगिता सम्पन्न

पोखरा, २४ भदौ ।
पोखरा २७ स्थित रिठेपानीमा वडास्तरीय ब्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा राम गुरुङ र देव थापाको जोडी प्रथम भएको छ । यसैगरी तेज्यू पाल्जै गुरुङ र राजेन्द्र रानाभाटको जोडीले दोस्रो स्थान हासिल गर्न सफल भयो ।

भूपू सैनिक क्लब रिठेपानीका अध्यक्ष सुवेदार जग बहादुर गुरुङ र पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

राइजिङ्ग स्टार युवा क्लबका अध्यक्ष विष्णुप्रसाद गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा बोल्दै पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले प्रतियोगिता आयोजना गरेर क्लवले खेलको प्रवद्र्धनमा महत्वपूर्ण भूमीका खेलेको बताए ।

क्लबको ब्याटमिन्टन हलमा भएको प्रतियोगितामा २० समूहको सहभागिता रहेको थियो । प्रतियोगिताको समापन कार्यक्रमको संचालन श्याम खनाल र अञ्चल गुरुङले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close