
काठमाडौ, २४ भदौ ।
भलिबल निर्णायक चन्द्र बन्दना राई मंगलबार श्रीलंकाको कोलोम्बो जाने भएकी छन् । कोलोम्बोमा सेप्टेम्बर १५ देखि २२ तारिखसम्म हुने प्रथम पुरुष एसियाली ट्यालेन्ट कप भलिबलमा निर्णायकको भूमिका निर्वाह गर्न राई कोलोम्बो जान लागेकी हुन् ।
राई सोही अवधिका दौरान हुने अन्तर्राष्ट्रिय निर्णायक तालिममा पनि सहभागी हुने छिन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले राईलाई एक कार्यक्रमबीच आइतबार बिदाइ गरेका छन ।