लामाचौरमासोमबार बाट हुने राष्ट्रिय महिला भलिवलमा नेपाल प्रहरी र जाउलाखेल नखेल्ने, प्रतियोगिता निरशिलो हुने पक्का

पोखरा २४, भदौ ।
पोखराको लामाचौरमा सोमबार देखि राष्ट्रिय महिला भलिवल प्रतियोगिता सुरु हुने भएको छ । प्रतियोगिताको अन्तिम समयमा आएर नेपाल प्रहरी र जाउलाखेल प्रशिक्षण केन्द्रले प्रतियोगिता बाट नखेल्ने घोषणा गरेका छन ।

दुइ महत्वपूर्ण टिमले नाम फिर्ता लिए पछि अब महिला भलिबल निराशिलो हुने पक्का भएको छ । प्रतियोगितामा अब ५ टिमले मात्रै सहभागिता जनाउने भएको आयोजक नव आर्दश सामुदायिक विकास समाजले जनाएको छ । तर आयोजकले चार दिन अघि नै खेल तालिका सार्वजनिक गरेको थियो ।

गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवि पुनले उक्त प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रचार संयोजक धर्ममानसिंह भण्डारीले बताए ।

उद्घाटन खेल पोखराको टप्स मावी र काठमाण्डौंको न्यू डाईमण्ड एकेडेमी बिच हुने भएको छ । त्यसै गरी सोमबार एपिएफ र चितवन टाईगर बिच खेल हुने भएको छ भने न्यू डाईमण्ड र त्रिभुवन आर्मी क्लव बिचको लिग खेल हुने भएको हो । प्रतियोगितामा विजेता टिमले एक लाख रुपैया र दोश्रो हुनेले ६५ हजारको साथमा ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्ने छन ।

पोखराको लामाचौरमा जारी तीज महोत्सवमा आईतबार पनि विभिन्न खेलकुद प्रतियोगिता जारी रहेकाछन । आइतबार सम्पन्न भएको नर बहादुर बानिया स्मृती प्रदेश स्तरिय सितोरियो कराँते प्रतियोगिताको उपाधि गोर्खा जिल्ला जितेको छ ।
गोर्खाले ३ स्वर्ण ४ रजत पदक सहित प्रथम हुदै उपाधिको हात पारेको हो । ३ स्वर्ण २ रजत पदक सहित लमजुङ दोश्रो भयो भने कास्कीले २ स्वर्ण ३ रजत पदक ल्याउदै तेश्रो भएको छ । प्रतियोगितामा कास्की, स्याङजा, तनहँु सहित गण्डकी प्रदेशका ८ जिल्लाका खेलाडीहरु सहभागिता रहेको थियो ।

त्यसै गरी अन्तर मावि छात्रा भलिवल प्रतियोगिताको उपाधिको लागि टप्स मावि र करुणा निधि फाउण्डेसन (केफ) बिच सोमबार फाईनल खेल हुने भएको छ । आईतबार बर्षाका कारण उक्त खेल स्थगित भएको हो । टप्सले पहिलो सेमिफाईनल खेलमा गोर्खा स्कुललाई २५–१०, २५–१० र २५–५ को सोझो सेटमा पन्छाउदै फाईनलमा यात्रा तय गरेको हो । दोश्रो खेलमा भने केफले कास्की मोडनाईज एकेडेमीलाई २५–१५, २५–१३ र २५–९ को सोझो सेटमा पन्छाउदै फाईनलमा प्रबेश गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close