ऐतिहासिक बाटुलेचौर तिज मेलामा ह्याण्डबल खेल शुरु

पोखरा २४ भाद्र ।
पोखरा १६ स्थित बाटुलेचौरमा हिमालय क्लबको अयोजनामा शनिबारबाट तिज मेला सङै अन्तर विद्यालय स्तरीय छात्र/छात्रा ह्याण्डबल प्रतियोगिता सुरु भएको छ ।

ह्याण्डबल प्रतियोगिताको उद्घाटन गर्दै पश्चिम पृतनाका निमित्त पृतनापति निर्माणसिंह गुरुङले साँस्कृतिक महत्व बोकेको तीज मेला सङै खेलकुद र पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याएकोमा स¥हाना व्यक्त गरे । कार्यक्रममा निमित्त पृतनापति गुरुङले भलिबलका पुर्व राष्ट्रिय भलिबल खेलाडी हरिप्रसाद पराजुली र ह्याण्डबलका राष्ट्रिय खेलाडी विशाल नेपालीलाई सम्मान समेत गरेका थिए ।

कार्यक्रममा नेपाल ह्याण्डबल संघका अध्यक्ष तेजबहादुर गुरुङ, गरिमा विकास बैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकाल, क्लवका मानार्थ सदस्य उदयबहादुर बस्नेत, क्लवका अध्यक्ष मोहनबहादुर थापा लगायतले पोखराको विशिष्ट पहिचान बोकेको बाटेलेचौर तीजमेला ऐतिहासिक रहेको बताएका थिए ।

उद्घाटन कार्यक्रम ह्याण्डबल उपसमितिका संयोजक बिशाल बस्नेत र भलिबल उपसमितिका संयोजक बलराम तिमिल्सिनाको अध्यक्षतामा भएको थियो ।  मेलामा सोमबार अन्तर विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता र प्रथम हिमालय कप पुरुष भलिबलका खेलहरु शुरु हुने प्रचार संयोजक प्रकाश थापाले जानकारी दिए ।

मेलामा २६ गते श्रष्टा सम्मान पत्रकार महिला सम्मान र सहयोगी संस्था सहित हुने कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुन प्रमुख आतिथ्यतामा हुने बताइएको छ । मेलाको अन्तिम दिन समूहगत तीज गीत तथा नृत्य प्रस्तुती ह्याण्डबल र भलिबलको फाइनल सहित मेला समापन गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close