भदौ २७ बाट सुर्खेतमा बिद्यालय ह्याण्डबल प्रतियोगिता

केशब पाठक,
पोखरा, २४ भदौ ।
सुर्खेत जिल्ला ह्याण्डबल संघको आयोजनामा सुर्खेत सदरमुकाम स्थित बिरेन्द्रनगर रंगशालामा विद्यालय स्तरिय ह्याण्डबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा सिनियर छात्र तर्फ १४, सिनियर छात्रा तर्फ १४ र जुनियर छात्र तर्फ १६ टिम गरि कुल ४४ टिमको सहभागिता रहने सुर्खेत जिल्ला ह्याण्डबल संघका सचिब भुबन शाही ठकुरीले बताएका छन । प्रतियोगितामा बिजयी टिम तथा खेलाडीलाई ट्रफी, मेडर र प्रमाणपत्र प्रदान गरिनेछ ।

पाँचौ पटक आयोजना गर्न लागिएको प्रतियोगितामा सुर्खेतमा रहेका विद्यालय हरुको चासो बढ्दै गएको सचिब ठकुरीले बताए । “ह्याण्डबल संघ स्थापनाको छोटो अवधीमानै विद्यालयस्तरमा यति राम्रो प्रगती होला भन्ने सोचेका थिएनौ तर अहिले सुर्खेतका सबै विद्यालयमा ह्याण्डबल खेल प्रति चासो बढेको छ” उनले भने ।

ह्याण्डबल संचालन गर्न सुर्खेत जिल्ला खेलकुद बिकास समिती, बिरेन्द्रनगर नगर नगरपालिका, स्थानिय ब्यवसायी, समाजसेवी, खेलप्रेमीहको समेत एकेवद्धता र सहयोग रहेको ठकुरीले बताए ।

प्रतियोगिता संचालन गर्न करिब १ लाख ५० हजार लाग्ने जनाइएको छ भने भदौ २७ देखि २९ गते सम्म संचालन हुनेछ । प्रतियोगिताका लागि सुर्खेत स्थित नं २ राजदल गणले ह्याण्डबल मैदानको सरसफाई गरि सहयोग गर्ने भएकोछ ।

बिद्यालय ह्याण्डबल सम्पन्न भए पछि सुर्खेत जिल्ला ह्याण्डबल संघले राष्ट्रिय पुरुष तथा महिला ह्याण्डबल प्रतियोगिता समेत आयोजना गर्ने तयारी गरिरहेको सचिब ठकुरीले बताए । स्मरिणय के छ भने सुर्खेत जिल्ला ह्याण्डबल संघका सचिब ठकुरी आफै राष्ट्रिय ह्याण्डबल खेलाडी समेत हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close