
काठमाडौं २३ भदौ ।
चन्द्रागिरी नगरपालिकामा पर्यटन विकास गर्ने उद्देश्यले शनिबार साइकल ¥याली आयोजना गरिएको छ । चन्द्रागिरी पर्यटन विकास समितिको आयोजनामा भएको ¥यालीमा करिब पाँच सय साइकल यात्री सहभागी भएको समितिका उपाध्यक्ष सुन्दर थापा क्षेत्रीले जानकारी दिए ।
पुरानो नैकापको फुटबल मैदानबाट सुरु भएको साइकल ¥याली १५ वटै वडाको परीक्रमा गरी पुनः फुटबल मैदानमै पुगेर सम्पन्न भएको थियो । साइकल ¥यालीको उद्घाटन चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले गरेका थिए ।
नगरपालिकाको १५ वटै वडामा पर्यटन विकास र यस क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाहरुको प्रचार प्रसार गर्ने उद्देश्यले साइकल ¥याली सञ्चालन गरिएको उपाध्यक्ष थापाले बताए । उनले हरेक वर्ष साइकल ¥यालीलाई सञ्चालन गरिने बताए ।