नेपाल साफ च्याम्पियनसिपको सेमीफाइनलमा

पोखरा, २३ भदौ ।
नेपाल दक्षिण एसियाली फुटबलको साफ च्याम्पियनसिपको घरेलु टोली बंगालादेशलाई बंगबन्धु रंगशालामा २–० गोलले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको छ ।

खेलको ३३ औं मिनेटमा फ्रि किक मार्पmत गोल गर्दै अग्रता दिलाउँदै टिमलाई अगाडी बढाएको अवस्थामा खेलको ९० औं मिनेटमा नवयुग श्रेष्ठले दोश्रो गोल गर्दै सोमीफाइनल प्रवेशलाई सहज बनाएका थिए । यता बंगालादेश हार संगै खेल बाट बाहिरिएको छ भने नेपाल समुह बिजेता बन्दै सेमीफाइनल प्रवेश गरेको हो ।

जित पछि प्रतिक्रिया दिंदै नेपालका सहायक प्रशिक्षक किरण श्रेष्ठले घरेलु टिमलाई हराएर सेमीफाइनल प्रवेश गर्नु सुखद रहेको बताए । यो जितले खेलाडीलाई निकै हौसला मिल्ने समेत उनले बताए ।

यस अघि तिन पटक १९९९, २०११ र २०१३ मा सेमीफाइनलको यात्रा तय गरेको नेपाल फाइनल सम्म पुग्न सकेको छैन ।
आजनै पाकिस्तानले भुटानलाई ३–० ले हराएको छ । पाकिस्तान उपबिजेता बन्दै सेमीफाइनल प्रवेश गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close