ब्यवसायिक हक हित संगै समग्र खेलकुद बिकासका लागि काम गर्ने छौं–रबिन्सन

पोखरा महानगर वडा नं ३ का अध्यक्ष तथा पोउवासंघका वरिष्ठ उपाध्यक्ष समेत रहेका प्रजु विभिन्न सामाजिक तथा खेलकुद संघ–संस्थामा आवद्ध छन । जनप्रतिनधी र व्यवसायी मात्र नभएर खेलकुद प्रेमीका रुपमा परिचित रहेका ५२ वर्षिय रबिन्सन महानगर खेलकुद संयोजकको समेत कार्यभार सम्हालिरेहका छन । उनले गण्डकी बाट राष्ट्रिय क्रिकेट र लुम्बिनी बाट केकुसिङ कराते खेलाडी रुपमा प्रतिनिधीत्व गर्दै कुनै बेला खेलिसकेका छन ।
रबिन्सनको उद्योग वणिज्य संघमा अध्यक्षमा उम्मेदवारी लगाएत पोखराको व्यवसायिक र खेलकुद बिकासमा रहेर सम्पादक केशब पाठकले गरेको कुराकानी ।

हजुर एक दशक देखि पोउवासंघमा आवद्ध हुनुहुन्छ हजुरले खेलकुद नजिक बाट चिनुहुन्छ माया पनि गर्नुहुन्छ यति बेला पोखराको अग्रज संस्थाको अध्यक्षमा उम्मेदवारी दिनु भएकोछ मुख्य एजेण्डा के हुन ?

हाम्रो मुख्य एजेण्डा मुख्यतः व्यवसायिक हक हितका लागि नै हुनेछन जुन सार्वजनिक भइसकेका छन । आधुनिक पोखराको प्रारुप तयार पार्न हाम्रा अग्रज हरुको ठूलो देन छ । तर पनी हामीले शिक्षा, स्वास्थ्य कृषी, पर्यटन भनेर जोड दिएका छौं भने र यस क्षेत्रको बिकास का लागि अर्काे महत्वपूर्ण विषय खेलकुद पनि हो हामीले खेलकुदलाई पनि संगै लिएर हिड्ने एजेण्डाका रुपमा अगाडी बढाएका छौं ।

पोखरा पर्यटनका लागि मात्रै होइन हर मौसमका लागि खेलकुदका लागि पनि परिचित शहर हो भन्ने कुरा कसंैले बिर्सनु हुँदैन । यहाँका सबै खेलकुद संघहरु जिवन्त छन । यहाँको प्रदेश सरकार देखि महानगर सबैले खेलकुदलाई अपरिहार्य बनाउँदै आ–आफ्ना बिकासका मोडल तयार गरिरहेको अवस्थामा हामीले पनि यो एजेण्डालाई अगाडी बढाउनु पर्छ भन्ने सोच बनाएका हौं । यहाँ खेलकुदमा भएका लगानीलाई अझै प्रभावकारी बनाउँदै कुनै पनि अन्तर्राष्ट्रिय खेलकुदमा यस क्षेत्रका खेलाडीले पदक पाउने गरि हामी सबैले मिलेर काम गर्नु पर्छ र खेलकुदका माध्यम बाट पोखरालाई विश्व मानचित्रमा पहिचान गराउनुपर्छ भन्ने सोच लिएका छौं । यो विषय पोखराको व्यासायिक बिकासको मोडल संग पनि जोडिने छ ।

पोखरा उद्योग वाणिज्य संघमा हरेका दुई वर्षमा नेतृत्व परिवर्तन हुन्छ तर व्यवसायिक सुधार अपेक्षाकृत हुन सकेन कहिलेकाही अग्रज संस्थाको गरिमा खस्कियो पनि भन्ने गरिन्छ यसका पछाडीका कारण के हुन ?

यो विषय गहन विषय गहन हो, कता कता पोखरा उद्योग वाणिज्य संघको गरिमा खस्केको हो कि भन्ने कता कता मलाई पनि लागेको र महशुस गरेको विषय पनि हो । पोखरा उद्योग बाणिज्य संघ भित्रै विभिन्न २८ वटा वस्तुगत संघहरु र थुप्रै संघ संस्थाहरु यसको निकट पनि छन । हाम्रो प्रमुख उद्धेश्य आफ्नै व्यवसायीहहरुको हक हितको लागि काम गर्नु नै हो । हामीले संग–संगै सामाजिक उत्तरदायित्व बहन गरेका पनि छौं । तर हामी अलि बढी नै भयौंकी भन्ने प्रश्न पनि छ । नयाँ युग संग–संगै सोच पनि परिवर्तन आवश्यक छ ।

अहिले व्यवासकि ढाँचामा परिवर्तन आएका छन । त्यसलाई आत्मसाथ पनि गर्नु पर्छ । विकास निर्माण संगै ठूला उद्योगहरुको निजी लगानीमा अझै धेरै स्थापना गर्न सकियो भने प्रदेशलाई आत्मनिर्भर बनाउन सकिन्छ । हामी अझै व्यवसायिक र आधुनिकिकरण तर्फ अगाडी बढने र केही नयाँ उद्योगहरु स्थापना गर्न सकियो हामीले नसोचेको सुधारहरु व्यवसायिक क्षेत्रमा देखा पर्नेछन । हामी भागी हाल्नु पर्ने डराई हाल्ने र आत्तिइ हाल्नु पर्ने विषय नै छैन । हामी सोही अनुरुप अग्रज संस्थालाई अगाडी बढाउनु पर्छ जुन आजको आवश्यक्ता पनि हो ।

बितेका दुइ वर्षमा पोखरा उद्योेग वाणिज्य संघले चिढाउने काम ग¥यो भन्ने सुनिन्छ अब हजुर अध्यक्षमा निर्वाचित हुनु भयो भने त्यो सम्वन्धलाई कसरी सुधार गर्नुहुन्छ ?

यहाँले भनेको कुरा सत्य हो । केही व्यक्तिगत सोचका कारण पोखरा उद्योग वाणिज्य संघको गरिमालाई आँच पुगैकै हो । म पनि त्यो नेतृत्वदायी भूमिकामा थिंए । यसका लागि गल्ति स्विकार गर्छु । नेतृत्व गर्नेले यस बारे गहन भएर सोच्नु पर्दथ्यो । सबैको सल्लाहमा काम हुन सकेन । हाम्रा कुरा हरु सुनियन । एउटा व्यक्तिको नितान्त स्वभावले गर्दा पोखरा उद्योग वाणिज्य संघको गरिमालाई आँच आयो ।

म आफै १२ वर्ष देखि संघमा छु । यस्तो अवस्था कुनै बेला आएको थिएन । कतै पोखरा उद्योग वाणिज्य संघ धराशायी हुने त होइन भन्ने आवाज पनि उठे । यसमा पोखरा उद्योग वाणिज्य संघलाई आर्थिक रुपले पनि सुधार गर्नु पर्ने आवश्यक्ता छ । अब पोखरा उद्योग वाणिज्य संघ सदस्यता नविकरणले मात्रै पनि धानिन सक्दैन । यसका लागि हामीले गम्भिर भएर सोचेका छौं र सोही अनुरुपको योजना पनि बनाएका छौं । हामीले कास्की लगाएत विकट भन्दा विकटका संस्थाहरु संग निकट सम्वन्ध बढाउने योजना त बनाएका छौं भने पक्कै पनि पोखराका सबै संस्थाहरु संग हातेमालो गर्दै पक्कै बढने नै छौं ।

हजुर जनप्रतिनधी, व्यवसायी अनि खेलप्रेमी अब हजुर निर्वाचित हुनु भयो भने अग्रज संस्था पोखरा उद्योग वाणिज्य संघमा संगै खेलकुदमा के–के सुधार सुधार गर्ने प्रतिवद्धता जाहेर गर्नुहुन्छ ?

मेरो पहिलो प्रयास नै पोखरा उद्योग वाणिज्य संघको गरिमालाई माथी उठाउने नै हो । विभन्न संघ संस्था संग चिसिएको सम्बन्धलाई पुनः न्यानो सम्बन्ध गास्ने दोश्रो हो । हिजो जनप्रतिनिधी नभएको अवस्था पोखरा उद्योग वाणिज्य संघले जुन भूमिका खेलेको थियो र अहिले स्थानिय सरकार र प्रदेश सरकार संग मिलेर योजनाहरुलाई यस क्षेत्रको बिकासलाई अघि बढाउने र सघाउने हाम्रो सोच छ ।

पोखरामा प्याराग्लाइडिङ खेल सङै अर्को कुन खेल हुन सक्छ त्यस्को बिकासका लागि पोखरालाई खेलकुदको न्युट्रल भेन्यूको रुपमा स्थापित गर्ने र खेलकुदको पूर्वाधार बिकासका लागि पनि उत्तिकै ध्यान दिने हाम्रो प्रतिवद्धता पनि छ । तमाम पोखरेलीको सपना पोखरा रंगशालाको क्रिकेट र फुटबल रंगशालाको यथासिघ्र निर्माणका लागि दबाव दिने पनि हाम्रो एजेण्डा रहनेछ । यस क्षेत्रलाई पोखरा उद्योग वाणिज्य संघको नारा कृषी, स्वास्थ्य, पर्यटन संगै खेलकुदको पनि बिकासलाई अंगाल्न सकिने र देखिने गरि काम गर्ने सोच बनाएका छौ ।

यहाँ जनप्रतिनीधी पनि अहिले अग्रज संस्था पोखरा उद्योग वाणिज्य संघको अध्यक्षको प्रत्याशी कसरी यि दुई फरक कामलाई समायोजन गर्नुहुन्छ ?

म व्यवसायी मात्रै होइन जनताको प्रतिनिधी पनि हुँ । मैले जनतालाई दुख कहिले दिने काम गर्नु हुन्न भन्ने कुरा राम्रो संग बुझेको छु । व्यासायीका कठिनाईका बारेमा पनि म अनभिज्ञ छैन । दुबै ठाउँमा किन भन्ने प्रश्न आउला तर यो सबै व्यस्थापनको कुरा हो । सहि ढङले व्यवस्थापन गर्न सकियो भने मैले कुनै समस्या देखेको छैन । म एकल नेतृत्व भन्दा पनि सामुहिक नेतृत्वमा विश्वास राख्छु र हामी एजेण्डमा काम गर्ने हो । हामी सबैले मिलेर नै अग्रज संस्था पोखरा उद्योग वाणिज्य संघको गरिमालाई माथी उठाउन सकिन्छ र व्यवसायी संग जनताका काम पनि सहज ढङले अगाडी बढाउन सकिन्छ । म २४ घन्टा मात्रै होइन २५ घन्टा भएको भए पनि काम गर्न तयार छु ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
अन्त्यमा मैलै हाम्रो होइन राम्रो र म जित्नका लागि पनि उम्मेदवारी हो । म अनुभवी छु मेरो टिम अनुभवी छ र हाम्रो अहिलेको एजेण्डा समय सापेक्ष छ । यो समयमा सबै ब्यावसायिक साथीहरुलाई आफ्नो हक हितका लागि हामीलाई पूर्ण विश्वास गर्न र सोही अनुसार मतदान गर्न आग्रह गर्न चाहन्छु ।

तस्बिरः सुदर्शन रन्जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close