
पोखरा २२, भदौं ।
विभागिय टोली सशस्त्र प्रहरी बल एपिएफ लेखनाथको भण्डारढिकमा जारी रिद्धिसिद्धि सिमेन्ट २४ औं आर्दश कप फुटवल प्रतियोगिता २०७५ को सेमिफाईनलमा प्रबेश गरेको छ । शुक्रबार भएको खेलमा ब्रिगेड व्वाईज क्लव काठमाण्डोैंलाई ५–४ को गोल अन्तरले पन्छाउदै अन्तिम चारमा स्थान बनाएको हो ।
एपिएफको जितमा कृपा चौधरीले खेलको ३५ र ४३ औं मिनेटमा दुई गोल, सुरेस कुमालले खेलको ३६ मिनेटमा, चुडामणि चौधरीले खेलको ६२ औं मिनेटमा र सविन बडारीले खेलको ४९ औं मिनेटमा एक गोल गरेका हुन ।
ब्रिगेड व्वाईजको तर्फबाट गणेश बुढाथोकी, बिदेशी खेलाडी करीम र ग्लोरीले एक–एक गोल गरे भने एपिएफका कप्तान चक्र क्षेत्रीले एक गोल उपहार दिएका थिए । बुढाथोकीले खेलको २२ औं मिनेटमा, ग्लोरीले २५, करिमले ४४ मिनेटमा गोल गर्दा चक्रले ८९ औं मिनेटमा उपहार गोल दिएका हुन । गोलरक्षक विट भएको अबस्थामा विपक्षिको फिल्क वललाई बचाउन खोज्दा चक्रले आफ्नै पोष्टमा गोल गर्न पुगेका हुन ।
खेलको सुरुवातमै एक गोल गरी अग्रता लिएको ब्रिगेड व्वाईजले दोश्रो रोजाईका खेलाडीहरु लियर मैदानम उत्रिएको एपिएफ सामु उत्कृष्ट खेल प्रदर्शन गर्न नसक्दा जित सुम्पिन बाध्य भयो ।
तिन जना विदेशी खेलाडी र १८ बर्ष मुनिका खेलाडीहरु सहभागी युवा जोसिला खेलाडीहरुको टिम हुँदा हुदै डिफेन्स पक्ष कमजोरी हुँदा आफुहरु एपिएफसंग हार्नु परेको क्लवका म्यानेजर स्मीत लामाले बताए । एपिएफका कप्तान चक्र क्षेत्रीले आफुहरुको पहिलो रोजाईका खेलाडीहरु लिगको तयारीको लागि बन्द प्रशिक्षणमा भएकोले आफुहरुले अझ उत्कृष्ट खेल प्रर्दशन गर्न नसकेको बताए । समुह ए मा रहेको एपिएफले पहिलो सेमिफाईनल खेलमा आयोजक आदर्श क्लबसंग प्रतिष्प्रर्धा गर्ने भएको छ । खेलमा एपिएफका चक्र क्षेत्री म्यान अफ दी म्याच घोषित भए ।
त्यसै गरी शनिबार अन्तिम क्वाटरफाईनल खेल एन्फा बाग्लुङ बिरुद्ध जाउलाखेल युथ क्लव काठमाण्डौं बिच हुने भएको क्लवका सहसचिव लक्ष्मी पुनले बताईन ।
तस्बिर: सुमन जिशि