
पोखरा, २२ भदौ ।
पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी सर्वोत्कृष्ट कर्मचारीका रुपमा काठमाडौमा सम्मानित भएका छन ।
५५ औं राष्ट्रिय खेलकुद परिषद स्थापना दिवशका अवसरमा आयोजित समारोहमा परिषदका सदस्य सचिब केशव कुमार विष्टले योगीलाई ताम्रपत्र र नगद २५ हजार सहित सम्मान गरेका हुन ।
करिब २२ वर्ष देखि खेलकुदका विभिन्न जिल्ला र क्षेत्रमा प्रमुखको जिम्मेवारीमा रहि प्रशासनिक सेवाको अनुभव संगालेका योगी कत्र्तव्य निष्ठ र इमान्दार अफिसरका रुपमा परिचित रहेका छन । उनको सेवाले समग्र खेलकुदको बिकासमा अतुलनिय सहयोग पुगेको भन्दै परिषदले ५५ औं स्थापना दिवशमा सम्मान गरेको हो ।
पश्चिमाञ्चल क्षेत्रिय खेलकुदमा ३० महिना देखि योगी कार्यालय प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन ।