विश्वकर्मा समाज नेपालले खुल्ला राष्ट्रिय भलिबल प्रतियोगिता गर्ने

केशब पाठक
पोखरा,२२ भदौ ।

विश्वकर्मा समाज नेपालले विश्वकर्मा पूजाको अबसरमा पोखरा लेखनाथ स्थित भण्डारढिकको खेल मैदानमा विश्वकर्मा समुदायका टिम बिच पाँचौ खुल्ला पुरुष रािष्ट्रय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

‘हाम्रो नेपालको शान, विश्वकर्मा हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ यहि असोज १ देखि ३ गते सम्म आयोजना हुने प्रतियोगितामा देश भरिका करिब १५ देखि २० टिमको सहभागिता रहने संस्थाका कार्यबाहक अध्यक्ष रण बहादुर रामदामले बताए । उनले टिममा सहभागी हुने सबै खेलाडी विश्वकर्मा समुदायका मात्रै रहने गरि प्रावधान राखिएको बताए ।
विश्वकर्मा पूजालाई राष्ट्रिय पर्वका रुपमा मनाउन र विश्वकर्मा समुदायका भित्र रहेका खेलाडीको पहिचान गरि उनीहरुको प्रतिभा प्रष्फुटन गराउन भलिबल प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका उप-संयोजक जिवन कुमार सुनारले बताए । विगतमा यो प्रतियोगिता जिल्ला र क्षेत्रिय स्त्तरको रुपमा आयोजना गरिएको भए पनि योवर्ष देखि राष्ट्रिय स्तरको बनाइएको उप संयोजक सुनारले बताए ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ५०, दोश्रोलाई ३० र तेश्रो हुने टिमले १५ हजारका साथमा कप, मेडल र ट्रफी प्रदान गरिनेछ । भलिबल संगै म्यूजिकल चियर, पारम्परिक खेल घैंटो फुटाउने लगाएतका कार्यक्रमहरु समेत समेटिएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब १० लाख खर्च लाग्ने आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close