
पोखरा, २१ भदौ ।
रिद्धिसिद्धि सिमेन्ट २४ औ आदर्श कप सस्करणको जारी दोश्रो दिनको खेलमा पोखरा–११ र एन्फा स्याङजा बिच भएको खेलमा ३–० ले एन्फा स्याङ्गजा बिजयी भएको छ ।
निकैनै प्रतिस्पर्धिा रहेको खेलमा पहिलो हाफको १९ औ मिनेटमा पोखरा–११ का लक्ष्मण जिसीको आत्माघाती गोलको मद्धतमा एन्फा स्याङ्जाले खेलमा सुरुवाती अग्रता लिएको थियो ।
खेलको ३३ औं मिनेटमा एन्फा स्याङ्जाका विदेशी खेलाडी भिक्टरलाई डि एरीया वाहिर लडाउदा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै स्याङजाका खेलाडी लक्ष्मण लुचालले खेललाई २–० ले अग्रता लिएको थियो ।
एन्फा स्याङगजाका खेलाडी लक्ष्मण लुचालले खेलको ४५ औं मिनेटमा व्यक्तिगत फ्रि किक मार्फत दोश्रो गोल गर्दै एन्फा स्याङ्जालाई बिजयीको सुनिश्चित गरेका थिए । खेलको ४५ औं मिनेटमा पोखरा ११ का अन्जन देवकोटाले एन्फा स्याङ्जाका खेलाडीलाई डि एरीया बाहिर लडाउदा पाएको फ्रि किकलाई गोलमा परिणत गरेका थिए ।
खेलको म्यान अफ दि म्याच एन्फा स्याङ्जाका खेलाडी लक्ष्मण लुचालले प्राप्त गरेका थिए । शुुक्रवारको खेल एपीएफ काठमान्डौ र व्रिगेड ब्याईज काठमान्डौ बिच खेल हुने आयोजकले जनाएको छ ।