
पोखरा, २१ भदौ ।
पोखरा–८, सिमलचौर स्थित लिटिल स्टेप माध्यमिक विद्यालयले प्याराग्लाइडिङ रजत पदक विजेता युकेश गुरुङलाई सम्मान गरेको छ । उनी सोही विद्यालयमा ११ होटल म्यानेजमेन्ट संकायमा अध्ययनरत छन् ।
विद्यालयकी प्राचार्य पम्फा गुरुङको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका सदस्य तेज बहादुर गुरुङले युकेशलाई नगद २५ हजार सहित सम्मान गरेका थिए । सो अबसरमा युकेशका बुवा भूपाल सिंह गुरुङ र आमा पुजा गुरुङलाई समेत सम्मान गरिएको थियो ।
प्याराग्लाइडिङ क्रस कन्ट्रि खेलमा १७ वर्षका कान्छा खेलाडी यूकेशले एशियाडमा टिमका तर्फ बाट उत्कृष्ट प्रदर्शन गरेका थिए । टिममा उनी पाँच मध्ये एक सदस्य हुन ।