लामाचौरमा त्रिभुबन आर्मी र न्यू डायमन्ड महिला भलिबलको उद्घाटन खेलमा भिड्ने

केशब पाठक
पोखरा, २१ भदौ ।
पोखरा लामाचौर स्थित नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा ‘लामाचौर तीज महोत्सव एवम् राष्ट्रिय महिला भलिवल प्रतियोगिता–२०७५’ अन्र्तगत उद्घाटन खेलमा चिरपरिचित प्रतिद्वन्दी त्रिभुबन आर्मी र शिवम न्यू डायमन्ड भिड्ने भएका छन ।

आगामी भदौ २५ देखि २७ गते सम्म संचालन हुने प्रतियोगितामा डिफेन्डिङ्ग च्याम्पियन सशस्त्र प्रहरीबल, शिवम् न्यू डायमण्ड एकेडेमी, नेपाल पुलिस क्लव, नेपाल आर्मी, जाउलाखेल भलिवल प्रशिक्षण केन्द्र, चितवन टाइगर्स र टप्स माबी पोखरा गरि ७ टिमको सहभागीता रहेको छ ।

प्रतियोगिताका लागि जारी गरिएको टाइ सिटमा पोल ‘ए’ मा सशस्त्र प्रहरीबल, नेपाल पुलिस क्लव, जाउलाखेल भलिवल प्रशिक्षण केन्द र चितवन टाइगर्स परेका छन भने पोल ‘बि’ शिवम् न्यू डायमण्ड एकेडेमी, टप्स माबी पोखरा र नेपाल आर्मीको त्रिभुबन क्लब रहेको नेपाल भलिबल संघका बरिष्ठ उपाध्यक्ष याम गुरुङले बताएका छन ।

प्रतियोगितामा २५ गते बिहान ७ बटे सुरु हुने खेलमा पहिलो खेल टप्स र न्यू डायमन्डका बिच हुने जनाइएको छ भने दोश्रो खेल ९ बजे जाउलाखेल भलिवल प्रशिक्षण केन्दले चितवन टाइगर्सको सामना गर्नेछ । सोही दिन हुने पाँच खेल मध्ये बिहान ११ बजे शसस्त्र प्रहरी र नेपाल पुलिसले भेट पक्का गरेका छन भने दिउसो ३ बजे शशस्त्रको सामना जाउलाखेल भलिवल प्रशिक्षण केन्दले गर्नेछ । उक्त दिनको अन्तिम खेल नेपाल पुलिस क्लब र चितवन टाइगर्सका बिच हुनेछ ।

दोश्रो दिन भदौ २६ गते टप्स माबी पोखरा र नेपाल आर्मीको त्रिभुबन क्लब बिचको खेल बिहान ७ बजे हुनेछ । दोश्रो खेल बिहान ९ बजे नेपाल पुलिस क्लव र जाउलाखेल भलिवल प्रशिक्षण केन्दका विच हुनेछ । बिहान ११ बजे चितवन टाइगर्सले शसस्त्रको सामना गर्नेछ । सोही दिन १ बजे बाट सेमीफाइनलका खेलहरु हुनेछन । फाइनल खेल २७ गते दिउसो १ बजे र तश्रो स्थानका लागि बिहान ११ बजे खेल हुनेछ ।

प्रतियोगितामा बिजेता हुने नगद १ लाख ५ रुपैयाँ, दोश्रोले पुरस्कार ६५ हजार ५ रुपैंया, तृतीय पुरस्कार २५ हजार ५ रुपैया र चौथोले १५ हजार ५ रुपैंया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन ।

भलिबल संगै विभिन्न प्रतियोगिता र तिज गित प्रतियोगिता समाबेस गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close