गण्डकी प्रदेश सरकारले रजत पदक विजेता प्याराग्लाइडिङ खेलाडीलाई एक लाख दिने घोषणा

केशब पाठक
पोखरा, २० भदौ ।
गण्डकी प्रदेश सरकारले इण्डानेसियामा हालै सम्पन्न एसियन खेलकूद प्रतियोगित अन्र्तगत प्याराग्लाइडिङ खेलमा नेपाललाई रजत पदक दिलाउन सफल पोखराका पाँचजना खेलाडी सहित दुइ प्रशिक्षक र एक जना टिम व्यवस्थापक लाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको छ ।

गण्डकी प्रदेशको बुधबार सम्पन्न मन्त्रिपरिषद्को बैठकले प्रत्येक खेलाडीलाई एक–एक लाख र प्रशिक्षक र व्यवस्थापकलाई २५–२५ हजार नगद पुरस्कार प्रदान गर्ने गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रि नरदेबी पुनले पोखरा स्र्पोट्स डटकमलाई बताइन । उनले प्रतिक्रिया दिंदै भनिन–“नेपालको शान र मान संगै प्रदेशको समेत खेल क्षेत्र बाट एसियन खेलमा इज्जत बढाउने खेलाडीलाई हामीले सम्झेका मात्रै हौं उहाँहरुको यसमा लगानी ठूलो छ ।” उनले छिट्टैनै एक भब्य कार्यक्रमको आयोजना गरेर उनीहरुलाई घोषित रकम हस्तान्तरण गरिने बताएकी छन ।

एक–एक लाख सहित पुरस्कृत हुने खेलाडीमा बिमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र विशाल थापा रहेका छन भने मुख्य प्रशिक्षक योगश भट्टराई, सहायक प्रशिक्षक सानुबाबु सुनुवार र टिम व्यवस्थापक शैलेन्द्र राउतले २५–२५ हजार नगद पाउनेछन । एसियाडको खेल इतिहासमा टिम गेममा नेपालका लागि यो नै पहिलो पदक हो भने २० वर्ष पछिको रजत पदक हो । १८ औं एसियाली खेलकुदमा उनीहरुले प्याराग्लाइडिङ क्रस कन्ट्रितर्फ टिम गेममा रजत पदक जितेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close